तीज गीतमा बढ्दो अश्लीलताविरुद्ध ‘मसिनो खाउँला सुकिलो लाउँला’

  • भदौ १, २०८१ / नेपाल रेखा
alt

इटहरी / २०८१ भदौ १

आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ ।


गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउने भन्दै प्रशंसा गरे ।


मोरङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद भट्टराईको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकगायक बालकृष्ण कार्की, शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरे, सङ्गीतकार मोहन तिम्सिना, गायिका ऋचा काफ्ले, सङ्गीतकार दुर्गा पराजुलीलगायतले बोलेका थिए ।

वक्ताहरूले सर्जकले आफ्नो गाँस काटेर सिर्जना गरेका यस्ता मौलिक गीत-सङ्गीत तत्काल भाइरल नभए पनि कालान्तरमा इतिहास निर्माण गर्ने बताए ।


हेम सुब्बाले रेकर्डिङ र राजु कार्कीले एरेन्ज गरेको गीतमा दुर्गा पराजुली, यमुना पराजुली, भूमा अधिकारी, आयुष विष्टलगायतको कोरस स्वर जोडिएको छ । त्यसैगरी, दुर्गा पराजुलीको निर्देशनमा गीतको सात मिनेट ५३ सेकेकन्ड लामो म्युजिक भिडियो तयार गरिएको छ, जसमा सरिता दाहाल, प्रज्ज्वल काफ्लेलगायत कलाकारले प्रमुख भूमिका निर्वाह गरेका छन् ।


सोही समूहले गत वर्ष ‘भदौरे झरी नि जाँदै छ टरी’ बोलको सङ्गीनी भाकामा आधारित तीज गीत युटुबमा अपलोड गरेको थियो, जुन पूर्वक्षेत्रमा निकै रुचाइएको थियो ।

Sukilo Plus

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]