चन्दन रौनियार
दुहबी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।
बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समिति अध्यक्ष पंकज हलुवाइले जानकारी दिए ।
दुहबी साविक वडा नम्बर ९ हालको वडा नं. ६ मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समिती तयारीमा जुटेको पत्रकार सम्मेलनमा बताइयो ।
कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएर काम अघि बढाइएकोछ ।
महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखि ८ किलोमिटरसम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढी भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने कार्यक्रमका दुहबी वडा न.६ का अध्यक्ष घनश्याम हलुवाईले पत्रकार सम्मेलनमा बताए ।
कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा ८ लाख देखि ९ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् ।
महोत्सवको दिन रथ यात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरिने भएकोले कसैले डराउनु नपर्ने इलाका प्रहरी कार्यालय दुहबीका प्रतिनिधि सुवास चन्द्र सुनुवारले बताए । उनले भएर निर्धक्क भक्तजनहरु रथयात्रामा सहभागी हुने विश्वास व्यक्त गरे ।
कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं १० र ११ गते भजन किर्तन र प्रसाद वितरण, ११ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल र्याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजक मेला पुजा महोत्सवका चन्दन बैठाले बताए ।
पत्रकार समेल कार्यक्रममा दुहबी नगरपालिका वडा अध्यक्ष मुस्तकिम रैन, ट्राफिक प्रहरी कार्याल दुहबीका इन्चार्ज चन्द्र कुमार (फाँजु )श्रेष्ठ, शसस्त्र बेस क्याम्प दुहबीका प्रतिनिधि श्याम कुमार खड्का, नेवा.देय.दवुका प्रतिनिधि प्रेम श्रेष्ठ, स्थानीय समाजसेवी कैलाश भगत, राजेश रौनियार, वडा न. ६ का सदस्य देवनन्द खत्बे, स्थानीय संचारकर्मी चन्दन रौनियार लगायतका उपस्थित रहेको थियोे ।
पुजा तथा मेला महोत्सव समिति अध्यक्ष पंकज हलुवाई, उपाध्यक्ष राकेश डाँगी, सचिव ऋषि साह, सहसचिव राजा रौनियार, कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार, सदस्यहरु शम्भु हलुवाई, जीवन हलुवाई, सुरज पासवान, सजित मण्डल, गंगा हलुवाई, राहुल झा, मनिष रौनियार, मनोज रौनियार, त्रिलोकी भगत, राकेश हलुवाई, हेमनरायण यादब, सोनु अग्रहरी रहेका छन् । कार्यक्रम संचालन प्रविण अग्रहरीले गरेका थिए ।