चलचित्र ‘खोक्पा’ र ‘बाध्यता’को वनभोज

  • असार ९, २०८१ / नेपाल रेखा
alt

धरान । पछिल्लो समय लिम्बू संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बू चलचित्रकर्मीहरुले छोटा लिम्बू चलचित्रहरु निर्माणमा तिव्रता दिन थालेका छन् । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन, लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन् । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कारसँग जोडिएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो, केही समय अघी कोशी प्रदेश सरकारले आयोजना गरेको ’चलचित्र महोत्सव’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नुलाई खोक्पा भनिन्छ ।
लिम्बुहरुको बिहेमा केटा तर्फबाट रित अन्तर्गत सुगुरको सिङै शरीर सहित बुझाइने प्रचलनमा आधारित रहेर निर्माण गरिएको खोक्पाले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछि निर्माण टिमले शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरी सम्पूर्ण कलाकारहरु र प्राविधिकहरुलाई प्रमाण पत्र प्रदान गरेको छ । मिना हुक्पा चोङ्बाङले निर्माण गरेको ’खोक्पा’ मा प्रकाश लिम्बुको लेखन तथा निर्देशन रहेको छ । प्रेम सुब्बा, नबिन मेन्यङ्बो, मिना हुक्पा चोङ्वाङ (यक्सो) बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु, यम सुब्बा, हिमाल लेचर्बो, तिर्थ मादेम्बा, नबिन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामाङ, मकर बहादुर नेयोङको अभिनय रहेको ‘खोक्पा’ को छायांकन, सम्पादन, कलर, ड्रोन सम्पूर्ण काम आदम लिम्बुले गरेका छन् । नुमा नेयोङ र भूमिका नाल्बो फिल्मका सहनिर्माता हुन् भने सम्पूर्ण व्यवस्थापनको जिम्मा सानुराजा थेगिम र राजीव दाहालले सम्हालेका छन् ।
यसैगरी तिरज लिम्बुको निर्माण र प्रकाश लिम्बुकै लेखन निर्देशन अनी मुख्य अभिनय रहेको अर्को सर्ट मुभी ‘बाध्यता’ पनि चलचित्र महोत्सवमा स्पेशल शो गरिएको थियो । दर्शकहरुको धेरै माया पाएपछि कलाकारहरु र निर्माण टिमलाई धन्यवाद दिन सम्पूर्ण टिमलाई प्रमाण पत्र प्रदान गरियो । अनेक आबश्यकता हुँदाहुँदै पनि आर्थिक अभावले गाँजिएको एक सुन्दर परिवारको बाध्यतालाई मुल बिषय बनाएर निर्माण गरिएको ‘बाध्यता’ स्थानीय समाजको वास्तविक कथा हो । बाध्यतामा शारदा शाक्य, प्रकाश लिम्बु, रोजनी लिम्बु, रेन्सा लिम्बु, तिरज लिम्बु, कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल, बिनोद रसाइली, सुबाश राई र इन्द्र लिम्बुको अभिनय रहेको छ ।
प्रमाण पत्र बितरण कार्यक्रममा प्रमुख अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो थिए । उनले चलचित्रको प्रकार बारे स्पस्ट पार्दै, स्थानीय स्तरमा निर्माण भएका लिम्बु चलचित्रहरु सर्ट मुभीहरुले राष्ट्रिय स्तरमा अन्य व्यवसायिक चलचित्रहरुसँग प्रतिस्पर्धा नभएर आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण गर्न प्रचार गर्न निर्माण भएकाले पनि स्पेशल शो र च्यारिटी गर्न वाध्य भएको बताए । चलचित्र निर्माण गर्दा धेरै बिषय बस्तु समाज, जीवन र जगतको हिसाब बाट, समुदायको हिसाबबाट फिल्म निर्माण गरेको हुनाले अन्य व्यवसायिक चलचित्रहरु भन्दा फरक र अर्थपूर्ण छ, मेन्याङ्बोले भने । चलचित्रको बजारको स्रोत र दर्शकहरु स्थानीय भएकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा समस्याहरु भएपनि स्थानीयहरुको सहयोगमा च्यारिटी र बिशेष शो गरेर बस्न वाध्य भएको सुनाए । साथै अब स्थानीय स्तरमा मात्र नभएर राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा पनि बजार खोज्ने र बजारमा बिक्ने खालका चलचित्रहरु निर्माण गर्न पनि मेन्याङ्बोले सुझाए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]