काठमाडौँ । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ । समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयला
चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । शास्त्रानुसार सौरमासको ह
दिलकुमार लिम्बू फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरू भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरूलाई सुझाव दिएको थियो ।सो समितिले स्थान
इनरुवा । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लाम धर्मवालम्बीहरुले सुनसरीको दुई ठाउँमा मंसिर ५ गतेदेखि ९ गतेसम्म आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न सुनसरीका राजनीतिक दलहरुले अनुरोध गरेका छन् ।सोमबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले मुलुकको वर्तमान सुरक्षा संवेदनशील अवस्थामा रहेको निश्कर्ष निकाल्दै सरोकारवाला पक्षलाई हाललाई कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो । मुलुकको सुरक्षा वातावरण सहज नभएको र वातावरण सहज भएपछि आपसी समन्वयमा कार्यक्रम आयोजना गर्न ६ राजनीतिक दलहरुले संयुक्त अपिल समेत प्रकाशित गरेका छन् ।अपिलमा सुनसरीका नेपाली काँग्रेसका सभापति केदार भण्डारी, एमाले अध्यक्ष र
पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएकोे छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यमपञ्चक सुरु भएको बताउनुभयो । उहाँका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी
अर्घाखाँची ।अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवती, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउनुहुन्छ । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राख
बाबुराम मुडियारी विराटनगर । नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर मनोरञ्जनका साथै स्थानीय खानाको परिकारको बजारीकरण गर्दै संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना सञ्चालन गरिएको छ ।सो फुड फेस्टिबलमा खानाका परिकारका साथै घरेलु उत्पादनहरूको पनि स्टलहरू राखिएका छन् । फुड फेस्टिबललाई मनोरञ्जनका लागि स्थानीय कलाकारहरूको प्रस्तुती रहेको छ । फेस्टिबल अवलोकनमा आउने उपभोक्ता तथा पर्यटकहरूलाई मनोरञ्जनका लागि स्थानीय कलाकारहरूको प्रस्तुति र प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । फेस्टिबल मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले आयोज