संस्कृति

    Showing 31-40 of 138 items.
  • वराहक्षेत्र मन्दिर

    सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित गुप्तवराह मन्दिर परिसरबाट देखिएको वराहक्षेत्र मन्दिर । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • खोटाङ बजिमय बन्धुहरूलाई संगठित गरिदै

    इटहरी । देस तथा विदेशमा छरिएर बसोबास गरिरहेका खोटाङ बजिमय दाजुभाइ तथा बन्धुहरूलाई एकीकृत गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘खोटाङ बजिमय समाज’ ले संगठन विस्तार र बन्धुहरूबीच एकता मजबुत बनाउने अभियानलाई तीव्रता दिएको छ ।बन्धुहरूको बंशावली तयार गर्ने, सांस्कृतिक, शैक्षिक तथा आर्थिक अभिवृद्धि गर्ने र व्यवस्थित रूपमा कुलपूजा सञ्चालन गर्ने लक्ष्यका साथ वि.सं. २०६८ सालमा समाजसेवी स्व. टेकमान श्रेष्ठको अगुवाइमा इटहरीमा बन्धु भेला आयोजना गरिएको थियो । सो भेलाले रामधुनी–३, झुम्का क्षेत्रमा मन्दिर निर्माण गर्दै यस अभियानको औपचारिक सुरुवात गरेको थियो ।उक्त पवित्र कार्यलाई निरन्तरता दिन त

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 739 पटक पढिएको
    • नेपाल रेखा
  • शुभकामना आदानप्रदान

    इस्लाम धर्मावलम्बीको पर्व इद-उल फित्रका अवसरमा शनिबार सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित इदगाहमा सामूहिक प्रार्थनापछि शुभकामना आदानप्रदान मुस्लिम समुदाय । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी र मोरङको सुन्दरहरैचाको संगम स्थल वृद्धा गंगा नदी तटमा भव्य छठ पूजा

    इटहरी । सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचाको संगमस्थल, पवित्र वृद्धा गंगा नदी तट यस वर्ष पनि आस्था र भक्ति–भावनाको तरङ्गले भरिपूर्ण बन्यो । सूर्य उपासना, पवित्रताको प्रतीकका रूपमा मनाइने छठ पर्व–यस वर्ष पनि अपार श्रद्धा र उल्लासका साथ मनाइयो । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुढी गंगा नदीका किनारहरू रंगिन बत्ती र दीपमालाले उज्यालिएका थिए ।पर्वको अवसरमा छठ पर्व सेवा समितिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र राधेश्याम सेवा ट्रष्ट नयाँ बिन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्रीको प्रमुख आतिथ्यमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 371 पटक पढिएको
    • नेपाल रेखा
  • छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो – मेयर कोइराला

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गर्दै यस पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् ।मेयर कोइरालाले छठ पर्वलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीक भन्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक सहकार्यलाई मजबुत बनाउने उल्लेख गरे । ‘अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने छठको विधि केवल धार्मिक आस्थामात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनको सम्

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 328 पटक पढिएको
    • नेपाल रेखा
  • थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो – अध्यक्ष प्रचण्ड

    नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताउनुभएको छ ।नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।‘यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 309 पटक पढिएको
    • नेपाल रेखा
  • जनयुद्धका सहिद, घाइते र वेपत्ता योद्धाप्रति सम्मानसहितको तीज समारोह सम्पन्न

    इटहरी । जनयुद्धका सहिद परिवार, घाइते तथा वेपत्ता योद्धाप्रति सम्मान प्रकट गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुनसरी जिल्ला समिति र इटहरी नगर समितिको संयुक्त आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।मंगलबार सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेश सांसद सपना परियार, पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी र कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तीज पर्वको सांस्कृतिक र सामाजिक महत्व झल्काउँदै विविध नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए ।कार्यक्रमको विशेष क्षणमा जनयुद्धका सहिद रमेश शिवाकी दिदी शोभा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 556 पटक पढिएको
    • नेपाल रेखा
  • पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौँ । अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो । यादवले सो अवधिमा कुल दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले तीन करोड ६५ लाख चार हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ । पदीय हैसियत दुरुपयोग गरेर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 267 पटक पढिएको
    • नेपाल रेखा
  • दशनामी समाजको युवा समितिको अधिवेशन सम्पन्न

    इटहरी । नेपाल दशनामी समाज, सुनसरी अन्तर्गत गठन भएको युवा समितिको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएकोछ । समाजको भावी नेतृत्व निर्माण तथा सांगठनिक विस्तारमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको ठहर गर्दै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।तेजबहादुर (सन्तोष) पुरीको अध्यक्षतामा १५ सदस्यीय युवा कार्यसमिति गठन गरिएको निर्वाचन समिति संयोजक जंगराज गिरीले जानकारी दिए । समितिको उपाध्यक्षमा प्रदीप पुरी, सचिवमा राजु गिरी, सहसचिवमा गणेश गिरी र कोषाध्यक्षमा दीपक पुरी चयन भएका छन् ।त्यसैगरी, नवगठित समितिमा सुप्रिया पुरी, कुशल गिरी, घनश्याम पुरी, राजेश वन, महेश वन, अर्जुन पुरी, कविन गिरी, शुभकला पुरी, प्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 607 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गर्नुभएको थियो । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुग्नुभएको थियो ।बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 267 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]