राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • वैशाख २९, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गर्नुभएको थियो । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुग्नुभएको थियो ।
बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।
यस अवसरमा आजै अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्ति लिएर शोभायात्रा पनि गराइने तयारी भएको छ । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले राससलाई जानकारी दिनुभयो । भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको असीमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु¥याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू, नमो बुद्धलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।

बौद्धमा भगवान् बुद्धको अस्तुधातु दर्शन गर्नेको भीड

पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको अमूल्य अस्तुधातु दर्शन गर्न भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।
यस अवसरमा आजै अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्तिसहित शोभायात्रा पनि गराइने तयारी भएको छ । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले राससलाई जानकारी दिनुभयो । भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको असीमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु¥याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]