इटहरी र मोरङको सुन्दरहरैचाको संगम स्थल वृद्धा गंगा नदी तटमा भव्य छठ पूजा

  • कार्तिक १०, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचाको संगमस्थल, पवित्र वृद्धा गंगा नदी तट यस वर्ष पनि आस्था र भक्ति–भावनाको तरङ्गले भरिपूर्ण बन्यो । सूर्य उपासना, पवित्रताको प्रतीकका रूपमा मनाइने छठ पर्व–यस वर्ष पनि अपार श्रद्धा र उल्लासका साथ मनाइयो । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुढी गंगा नदीका किनारहरू रंगिन बत्ती र दीपमालाले उज्यालिएका थिए ।
पर्वको अवसरमा छठ पर्व सेवा समितिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र राधेश्याम सेवा ट्रष्ट नयाँ बिन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्रीको प्रमुख आतिथ्यमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उद्घाटन समारोहमा श्रद्धा, भक्ति र सेवा भावको सन्देश दिने विशेष कार्यक्रमहरू प्रस्तुत गरिए ।
समारोहका अवसरमा दिवंगत समाजसेवीहरूको स्मृतिमा स्थापना गरिएका छात्रवृत्तिहरू पनि वितरण गरिए ।
स्व. हीरा महतो स्मृति छात्रवृत्ति पुरस्कार अन्तर्गत निःसहाय बालबालिका सेवा आश्रमका बालबालिकालाई नगद रु. २१,००० प्रदान गरियो ।
स्व. नन्दलाल अग्रवाल स्मृति छात्रवृत्तिबाट भविष्य कर्णलाई रु. ११,००० र स्व. राम नारायण साह स्मृति छात्रवृत्तिबाट युनिसा फुयाललाई रु. ५,१०० प्रदान गरिएको समितिका उपाध्यक्ष बासुदेव कर्णले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका–६ का अध्यक्ष दिवस पोखरेल, भगवती दल गणका प्रमुख सेनानी राजन भुजु, कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठलगायत अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनायो ।
वृद्धा गंगाको किनारमा भेला भएका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनका सम्पूर्ण विकारहरू विसर्जन गर्ने र उदाउँदो सूर्यसँग नवजीवन र समृद्धिको कामना गर्ने परम्परागत संस्कार दोहोर्याए । धुप, दीप, गान–बजन र आरतीको सुगन्धले सम्पूर्ण वातावरण भक्ति–भावनाले ओतप्रोत बन्यो ।
श्रद्धा, शुद्धता र समर्पणको अनोठो संगम बनेको यस छठ महापर्वले इटहरी–सुन्दरहरैचाको सामाजिक, सांस्कृतिक र धार्मिक एकतालाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]