जनयुद्धका सहिद, घाइते र वेपत्ता योद्धाप्रति सम्मानसहितको तीज समारोह सम्पन्न

  • भदौ ११, २०८२ / नेपाल रेखा
alt

इटहरी । जनयुद्धका सहिद परिवार, घाइते तथा वेपत्ता योद्धाप्रति सम्मान प्रकट गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुनसरी जिल्ला समिति र इटहरी नगर समितिको संयुक्त आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेश सांसद सपना परियार, पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी र कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तीज पर्वको सांस्कृतिक र सामाजिक महत्व झल्काउँदै विविध नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको विशेष क्षणमा जनयुद्धका सहिद रमेश शिवाकी दिदी शोभा सिवा, वेपत्ता योद्धा दिनेश चौधरीकी श्रीमती भुट्टीदेवी चौधरी र घाइते योद्धा संचिता बराइलीलाई दोसल्ला ओढाएर सम्मान गरियो । उनीहरूप्रति गरिएको सम्मानले सहभागिहरूलाई भावुक बनाएको थियो ।
नृत्य प्रतियोगितामा सहभागी कलाकारहरूद्वारा उत्कृष्ट प्रस्तुती दिइएकामा, विजयीहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो । कार्यक्रममा सहभागिता जनाउने तथा सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आयोजकहरूले आभार प्रकट गरेका छन् ।
यो कार्यक्रमलाई व्यवस्था परिवर्तन र जनयुद्धमा योगदान दिएका परिवारप्रति सम्मान प्रकट गर्ने एउटा सकारात्मक पहलका रूपमा महिला नेतृहरुले अर्थ लगाएका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]