दशनामी समाजको युवा समितिको अधिवेशन सम्पन्न

  • साउन १३, २०८२ / नेपाल रेखा
alt

इटहरी । नेपाल दशनामी समाज, सुनसरी अन्तर्गत गठन भएको युवा समितिको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएकोछ । समाजको भावी नेतृत्व निर्माण तथा सांगठनिक विस्तारमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको ठहर गर्दै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
तेजबहादुर (सन्तोष) पुरीको अध्यक्षतामा १५ सदस्यीय युवा कार्यसमिति गठन गरिएको निर्वाचन समिति संयोजक जंगराज गिरीले जानकारी दिए । समितिको उपाध्यक्षमा प्रदीप पुरी, सचिवमा राजु गिरी, सहसचिवमा गणेश गिरी र कोषाध्यक्षमा दीपक पुरी चयन भएका छन् ।
त्यसैगरी, नवगठित समितिमा सुप्रिया पुरी, कुशल गिरी, घनश्याम पुरी, राजेश वन, महेश वन, अर्जुन पुरी, कविन गिरी, शुभकला पुरी, प्रकाश गिरी र सुभाष वन सदस्यका रूपमा रहेका छन् ।
कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरी तथा युवा समिति केन्द्रीय अध्यक्ष अर्जुन गिरीको विशेष उपस्थिति रहेको थियो । उनीहरूले युवाहरूको सक्रिय सहभागिताले दशनामी समाजको हकहित प्रवद्र्धनमा ठोस योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
यस अधिवेशनले दशनामी समाजभित्र युवाहरूको नेतृत्व क्षमता विकास गर्नुका साथै सामाजिक अभियानहरूमा उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने कार्यक्रम ल्याउने समाजका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीले बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]