खोटाङ बजिमय बन्धुहरूलाई संगठित गरिदै

  • चैत १७, २०८२ / नेपाल रेखा
alt

इटहरी । देस तथा विदेशमा छरिएर बसोबास गरिरहेका खोटाङ बजिमय दाजुभाइ तथा बन्धुहरूलाई एकीकृत गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘खोटाङ बजिमय समाज’ ले संगठन विस्तार र बन्धुहरूबीच एकता मजबुत बनाउने अभियानलाई तीव्रता दिएको छ ।
बन्धुहरूको बंशावली तयार गर्ने, सांस्कृतिक, शैक्षिक तथा आर्थिक अभिवृद्धि गर्ने र व्यवस्थित रूपमा कुलपूजा सञ्चालन गर्ने लक्ष्यका साथ वि.सं. २०६८ सालमा समाजसेवी स्व. टेकमान श्रेष्ठको अगुवाइमा इटहरीमा बन्धु भेला आयोजना गरिएको थियो । सो भेलाले रामधुनी–३, झुम्का क्षेत्रमा मन्दिर निर्माण गर्दै यस अभियानको औपचारिक सुरुवात गरेको थियो ।
उक्त पवित्र कार्यलाई निरन्तरता दिन तथा बन्धुहरूलाई संगठित रूपमा अघि बढाउन स्व. टेकमान श्रेष्ठको सम्मान र स्मृतिमा पुनः दाजुभाइहरूको भेला आयोजना गरियो । त्यसै क्रममा इन्द्रकुमार श्रेष्ठ, खड्ग बहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ, केदार श्रेष्ठ र रोशन श्रेष्ठलगायतको नेतृत्वमा खोटाङ बजिमय समाज संस्था दर्ता गरिएको हो ।
संस्थाको प्रथम साधारण सभा यही चैत १४ गते शनिबार रामधुनी, झुम्कामा सम्पन्न भएको छ । सभामा इन्द्रकुमार श्रेष्ठको सभापतित्व तथा अग्रज व्यक्तित्व नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यमा बन्धुहरू व्यापक रूपमा सहभागी भएका थिए । सभाबाट इन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसमा वरिष्ठ उपाध्यक्ष खड्गबहादुर श्रेष्ठ, उपाध्यक्ष लालबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष शृष्टि श्रेष्ठ र महासचिव रोशन श्रेष्ठ रहेका छन् ।
हालसम्म समाजमा १ सय १० भन्दा बढी बजिमय घरपरिवार आबद्ध भइसकेका छन् भने नयाँ सदस्यहरू जोडिने क्रम जारी रहेको छ । संस्थाले बन्धुहरूबीच आपसी सहयोग, एकता र सहकार्य अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
साथै, जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पुर्याउन अक्षयकोष स्थापना गर्ने, नेवार बजिमय बन्धुहरूको भाषा, संस्कृति र परम्परा संरक्षणमा प्रेरित गर्ने तथा बंशावली पुस्तक तयार गर्न आवश्यक तथ्यांक संकलन गर्ने कार्यलाई समेत अगाडि बढाइएको महासचिव रोशन श्रेष्ठले जानकारी दिएका छन् । समाजले बन्धुहरूलाई एकताबद्ध बनाउँदै साझा पहिचान र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]