समाचार

    Showing १-१० of ५२८ items.
  • तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

    दमौली । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिनुभयो । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा न

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ५३ पटक पढिएको
    • नेपाल रेखा
  • बजार व्यवस्थापनमा सक्रिय इटहरी नगर प्रहरी

    इटहरी । सुनसरीको इटहरी स्थित हटियामा हप्ताको दुई दिन आइतबार र वुधवार हाट बजार लाग्ने गर्दछ । हट लाग्ने ठाउँलाई वुधहाट पनि भनिन्छ ।इटहरीवासीको किनमेलको थलो त हुदै हो वुधवारे हटिया, इटहरी आसपाका सुन्दरहरैंचा, लेटाङ्ग, कानेपोखरी, इनरुवा, झुम्कालगायतका टाढाबाटबाट पनि यस हटियामा सागसब्जी, माछा, मासु, लोकल कुखुरा हाँस, दलहनलगायत विविध किसिमका उपभोग्य वस्तु किनबेच गर्न यहाँ मानिसहरु जम्मा हुने गर्दछन् । बुधबारे हटियाबाट सामान किन्ने उपभोक्ताहरु ठगिने पनि गरेका छन्, माघ २३ गते वुधवार हटियालाई व्यवस्थित तथा अनुगमन गर्ने क्रममा इटहरी नगर प्रहरीले आलु व्यापारी विनोद पूर्वेको ढक तराजु बरामद गरेकोछ । पूर्व

    • प्रकाशित मितिः माघ २५, २०८१
    • १०६ पटक पढिएको
    • नेपाल रेखा
  • ‘भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार’

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उहाँले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताउनुभयो । पहिले आयोग बनाउने तर अधिकार नदिने समस्या भएकामा ऐन संशोधन गरेर अधिकार दिइएको मन्त्री अधिकारीको भनाइ थियो । “नागरिकता नम्बरमार्फत देशभर कसका नाममा कहाँ जग्गा छ भनेर थाहा पाउन सकिन्छ, अन्यत्र कसैले जग्गा लिएको पुष्टि भएमा कारबाही हुन्छ”, मन्त्री अधिकारीले भन्नुभयो ।नियम र विधिविपरीत काम

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ९६ पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरमा संचालित रात्रीकालीन व्यवसाय मापदण्डविपरीत

    विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आए

    • प्रकाशित मितिः माघ १२, २०८१
    • १०८ पटक पढिएको
    • नेपाल रेखा
  • स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु

    बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए, नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ७९ पटक पढिएको
    • नेपाल रेखा
  • लागूऔषधको कुलतमा फस्दै सेक्स वर्कर महिला

    इटहरी । सुनसरीका सेक्स वर्कर महिलाहरु लागूऔषधको लतमा फसेर भयावह स्थिती सिर्जना हुने खतरा सिर्जना भएको छ । सेक्स वर्कर महिलाहरुको हकहितमा कार्यरत संस्था महिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरि उनीहरुको संख्या थपिएसँगै कुलतमा फस्नेको संख्या पनि बढ्दो गतिमा छ । सेक्स वर्कर महिलाहरुमा लागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनका अनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषध प्रयोग गर्ने गरेका छन् । खासगरेर मानसिक तनाबमा रहेका सेक्स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • १३७ पटक पढिएको
    • नेपाल रेखा
  • अनलाइनबाट नागरिकता सिफारिस

    म्याग्दी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउनुभयो । “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्&rdquo

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ९७ पटक पढिएको
    • नेपाल रेखा
  • सातै प्रदेशमा पुर्याइयो एचपिभी खोप

    काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २

    • प्रकाशित मितिः माघ ४, २०८१
    • १०६ पटक पढिएको
    • नेपाल रेखा
  • निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

    विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वडा नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग प

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ११५ पटक पढिएको
    • नेपाल रेखा
  • कटहरी गाउंसभाको छैठौं अधिवेशन

    कुमोद अधिकारी विराटनगर । मोरङको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको छैठौं अधिवेशन सम्पन्न भएको छ । सो पालिकामा आयोजित अधिवेशनले कार्यपालिकाको विभिन्न समयमा वसेको वैठकवाट पारित निर्णयहरु अनुमोदन गरेको छ ।वैठकले कटहरी गाउँपालिकामा भइरहेका विकास निर्माण, राजश्व तथा कर संकलन, अतिरिक्त समयमा खटेका कर्मचारीहरुको खाजा तथा खाना खर्च, स्वास्थ्य विमा कार्यक्रम संचालन कार्यविधिको पहिलो संशोधन स्वीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रको योजना स्वीकृत, पालिकाको जनप्रतिनिधिलाई चडपर्व खर्च, सो पालिकाको सातैवटै वडामा तिज, तिहार, जितिया, दशै तथा छठपर्वका लागि एक, एकलाख रुपैयाका दरले आर्थिक सहायता, सो पा

    • प्रकाशित मितिः पुस २८, २०८१
    • १०० पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]