डि पी ढुंगेल
विराटनगर : विराटनगर महानगरपालिका - ४ स्थित शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा सात जना व्यक्तिहरू सम्मानित भएका हुन् । शनिबार विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाको दिन असल ऋणी रिता अधिकारी र कुबेर प्रसाद दाहाल सम्मानित भएका हुन्। त्यसैगरी असल बचतकर्ता बिमला बराल ज्येष्ठ नागरिक टिकामाया कटवाल दैनिक बचतकर्ता संजय राजवंशी कर्मचारी द्वय रमिला उप्रेती र ममता माझी सम्मानित भएका छन् । उनीहरूलाई संस्थाका अध्यक्ष बलाराम पराजुली उपाध्यक्ष अर्जुन कुमार भट्टराई सचिव भूपप्रसाद बास्तोला तारा फुयाल पराजुली जेष्ठ नागरिक समाजका उपाध्यक्ष गणेश बिमली लेखा सुपरिवेक्षण समिति संयोजक सरोज दाहाल लगायतले रुद्राक्ष माला अविर सम्मानपत्र ले सम्मान गरेका हुन् ।
कार्यक्रमको उद्घाटन बालबालिका हरु प्रिन्सा दाहाल एलिजा पराजुली अश्विन निरौला सभ्यता बास्तोला आर्य भट्टराई आयुष्मा पोखरेल समीक्षा पराजुली लगायतले बचत बाकस खुत्रुकेमा पैसा जम्मा गरेर उद्घाटन गरे ।
२०६९ साल माघ १७ गते स्थापना भएको शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा हाल ३७० जना सदस्य रहेको जनाइएको छ। यस सहकारी संस्थाको कार्यक्षेत्र भने विराटनगर महानगरपालिका वडा नम्बर ३, ४ र ५ रहेको जनाइएको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३ करोड ३९ लाख ७६ हजार ९४९ कुल सम्पत्ति रहेको संस्थाका अध्यक्ष बलराम पराजुलीले जानकारी दिए। संस्थाको हाल आफ्नै भवन विराटनगर- ४ मा रहेको छ। संस्थाले व्यवसायी कर्जा घरायसी कर्जा शैक्षिक कर्जा लगायतमा लगानी गर्ने गरेको जनाइएको छ। सञ्चालन समितिको तर्फबाट अध्यक्ष बलराम पराजुली ले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।