इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

  • मंसिर ५, २०८३ / नेपाल रेखा
alt

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदैछ ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ । चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताउनुभयो ।

“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।”

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् । त्यस्तै, स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताउनुभयो ।

महोत्वमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ कन्याममा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ कन्याममै नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार पाउनेछन् ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ । त्यसकै प्रचारप्रसारका लागि महोत्सव आयोजन गरिएको हो ।

महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको छ । सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । रमणीय र प्राकृतिक सौन्दर्यको भरिपूर्ण उपहारको रुपमा रहेको कन्याम मेची राजमार्गको पहुँचमा भएकाले सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर लागेपछि करिब एक घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ ।

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

चितवनद्वारा सुदूरपश् ...

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोग ...

एनपिएलः काठमाण्डु गो ...

काठमाडौँ । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]