नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ । सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो । सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आ
नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ । घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् । स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुख
इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र
काठमाडौँ । गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरूको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सुरक्षित गर्भपतन सेवाका बारेमा अझै शिक्षा र जागरण फैल्याउनुपर्ने बताए । नेपालमा धेरै अधिकारको व्यवस्था भए पनि त्यसको सदुपयोग हुन नसकेको उनले सुनाए। मन्त्रालयका सचिव डा रोशन पोखरेलले सुरक
विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका बिभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ । महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार महानगरले हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाई गरिरहेको छ । महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई अभियान चलाइरहेको छ । उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेर र
विराटनगर । यौनिक तथा लैङगिंक अल्पसंख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकता पाउनबाट आफुहरु वन्चित भएको गुनासो गरेका छन् ।विराटनगरमा वुधवार आयोजित कार्यक्रममा उनीहरुले राजनीतिक दलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनीतिक तहमा सहभागी गराउन आग्रह गरेका छन् । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ त्यो निर्वाचनमा नेतृत्वदायी भुमिकामा सहभागिता हुनपर्नेमा उनीहरुको जोड थियो । सरोकारवाला निकायसंग यौनिक तथा लैङ्गिक अल्पशंख्यक समुदायको मुद्दाहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले राज्य, सामाज तथा परिवारहरुब
जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी
काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो ।साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालत
कुमोद अधिकारी विराटनगर । आत्महत्याका घटना बढ्न थालेपछि त्यसको रोकथाम न्यूनिकरणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अभियान संचालन गर्ने भएको छ । कार्यालयद्वारा विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक डिआइजी सुदिप गिरीले शनिबारदेखी प्रदेस–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान सुभारम्भ गर्न लागेको जानकारी दिए । शनिबार बिहान प्रभातफेरी सहित अभियानको शुभारम्भ हुने जनाइएको छ । अभियान अन्तर्गत स्थानीय तह, टोल सुधार समिति, प्रहरी तथा बिभिन्न संघसंस्था विच समन्वय गरिनेछ । मानसिक
पर्वत । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरूले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरूको गुनासो छ ।सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी