स्कूल बसबाट अभिभावक आतंकित अस्वाभाविक गतिमा चल्छन स्कुल बस

  • आश्विन ४, २०७९ / नेपाल रेखा
alt

जनक पाण्डे 
इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ ।


५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडीलाई तर्साउँदै ढुँगा उज्याएर धेरै गतिमा गाडी नचलाउन चेतावनी समेत दिएको एक स्थानीयले बताए ।


स्कुल संञ्चालक तथा प्रिन्सिपलहरुको पिर पनि कम छैन । आफ्ना विद्यार्थीहरु कतिखेर विद्यालयमा आइपुग्छन् भनेर आफूलाई चिया समेत खान मन नलाग्ने सुनसरी सेन्टजेभियर स्कुलका प्रिन्सिपल कविन्द्र मण्डल सुनाउँछन् । स्कुल समयमा बिद्यार्थी स्कुल नआइपुगुन्जेल र छुट्टी भएर घर नपुगुन्जेलसम्म आफुलाई चिन्ताले सताउने प्रिन्सिपल मण्डलको भनाइ छ ।


तर इटहरी–५ नेप्से चौकका स्थानीयबासी तथा अभिभावक केशव न्यौपाने झन्डै दुई महिना अगाडीको घटना स्मरण गर्दै भन्छन्–तिब्र गतिमा स्कुल बस कुदेको देखेर दुर्घटनाको भयले आफुुले सिमरवना चौकमा रफ्तारमा आइरहेको कस्तुरी बोर्डिङ्ग स्कुलको बसलाई रोकेर चालकलाई किन गाडी स्पिडमा चलाउनुु भएको...? भनेर सोध्दा आफुुहरुलाई टाईम लिमिट भएको र निश्चित टाईममा बच्चाहरुलाई पिकअप गर्नुु पर्ने बाध्यता भएकोले गाडी छिटो चलाउनु परेको ती चालकले आफुुलाई बताएको बताउछन् ।


दुर्घटना आकस्मिक हुने र कहाँ कतिखेर के हुँन्छ कसैलाई पनि थाहा हुँदैन । तर सवारी चलाउँदा सहि ट्राफिक नियमको पालनाले दुर्घटना नहुने र यदि भइहाले पनि क्षति कम गर्न सकिने कुरा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रवक्ता तथा डिसपी श्यामसारु मगरले बताएका छन् । अझ स्कुल बसहरुले त झनै धेरै ट्राफिक नियमहरुको पालना गर्नु पर्दछ । नानीबाबु बोकेको गाडी जिम्मेवारी सहित सुरक्षित तवरले चलाउनु पर्ने हुन्छ । शहरी क्षेत्र भित्र शडक र भिडभाडको अवस्था अनुसारको न्यूनतम जिरो देखी अधिकतममा सहज हुनेगरी ४० किलोमिटर सम्मको गतिमा मात्र चलाउनु पर्ने ट्राफिक नियम रहेको डिएसपी मगरले बताएका छन् ।


स्कुुल आवरमा उक्त शडक हुँदै इटहरीका बिभिन्न स्कुलका बसहरु बिश्व आदर्श, लिटिल फ्लावर, ग्रिनपिस, जनता मावि, कोशीसेन्ट जेम्स, सनराईज, नर्थपोईन्ट लगायत इटहरीका दर्जनौं स्कुुल र कलेज बसहरुको आवत जावत हुुन्छ तर कसैले पनि स्कुुल बसहरुको गति सीमाबारे चासो नदेखाएकोेले यो स्थान अझ जोखिमपूूर्ण बन्दै गएको स्थानीय जनगुुनासो छ ।

 

दुर्घटनाको प्रमुख कारणमा मानवीय कारण (चालकको लापरवाही) जसवाट ९० प्रतिशत दुर्घटना हुने गरेको इटहरीका ट्राफिक प्रहरी डिएसपी श्यामसारु मगर बताउँछन् । बिगतका केही बर्षहरुमा स्कुल बस चालकले बिराटनगरमा गरिएको मापसे चेकमा मापसे (मादक पदार्थ सेवन) समेत गरेको पाइएको डिएसपी मगरले जानकारी गराएका छन् ।


स्कुल बसहरु समेत दुर्घटनामा परी मानवीय क्षति समेत भएको तत्याँङ्गले देखाउँछ । १ नं. प्रदेशको तथ्याङ्कलाई हेर्दा आ.ब.२०७४÷०७५ देखि आ.व. २०७८÷०७९ सम्म जम्मा ५ बर्षको स्कुल बस दुर्घटनाको तथ्याङ्गलाई हेर्दा जम्मा दुर्घटनाको संख्या ३२ रहेको देखिन्छ । मृत्यू हुने मानिसको संख्या ९ जना, गम्भिर घाईते को संख्या ९ जना र सामान्य घाईतेको संख्या ९१ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका ईन्चार्ज तथा ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले दिएको तथ्याँङ्गमा देखिन्छ । जस अनुसार आव २०७८÷०७९ मा सवै भन्दा बढी स्कुल बस दुर्घटना १२ वटा रहेको छ । मृत्यू हुनेको संख्या ४ जना, गम्भिर घाईते १ जना र सामान्य घाईते ४२ जना रहेको छ । जुन अरु आवको तुलनामा सामान्य घाईते बाहेक सवै बढी देखिन्छ ।


स्कुल बस दुर्घटनाको बिषय गतवर्ष इटहरी उपमहानगरपालिकामा पनि छलफलमा आएको भन्ने थाहा हुन आएको इटहरी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत फाल्गुुनी काफ्लेले सुनाए । तर उक्त घटना लिखित रुपमा उपमहानगरको शिक्षा शाखामा भने नआएको शाखाका अधिकृत काफ्लेले जानकारी दिएका छन् । त्यसबारेमा अभिभावकले स्कुुल प्रशासनका कमिकमजोरी र गतिबिधिबारे शिक्षा शाखामा लिखित जानकारी गराएमा शाखाले त्यस बिरुद्ध कारवाही चलाउन सक्ने शाखा अधिकृत काफ्लेले जानकारी गराएका छन् ।


नम्वर प्लेट स्पस्ट नभएको, सिट क्षमता भन्दा बढी बिद्यार्थीहरु बोकेको, गति सीमाभन्दा बढी रफ्तारमा गाडी चलाएको बिषयमा इटहरीका स्कुल बसहरु कारवाहिमा समेत परिसकेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले बताएको छ । राडार गन चेक बिधिबाट ट्राफिक नियम उल्लंघन गर्ने दर्जनौ सवारी साधन एकै दिनमा कारवाही गरिएको पनि कार्यालयले जानकारी गराएको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारी साधनलाई राडार गन चेकमा फेलापरे कानुनको दयरामा ल्याई कडा कारवाहि गरिने पनि कार्यालयले जनाएको छ ।


इटहरीको हलगडा चोक देखि नेप्सेचौक–सिमरवना–राजश्व ढाट सम्मको झण्डै तीन किलोमिटर सडक खण्ड कोसी हाईवेको भित्रि बाटोबाट आउदा सिधै पूर्व–पश्चिम हाईवेलाई जोड्दछ । धरानबाट आएका सवारी साधन सिधै पूर्व पश्चिम हाईवेको पश्चिम लाईन निस्कन सकिने यो बाईपासको रुपमा प्रयोग गर्न सकिने शडक पनि हो ।


तर शडकमा असंख्य घुम्ति र मोड हुनु र गति सीमा नहुनुले सवै प्रकारका सवारी साधन लगायत मानिसलाई समेत आवत जावतमा इटहरीको नेप्से चोक–सिमरवना–राजश्व ढाट शडक जोखिम रहेको स्थानीयहरुले बताएका छन् । ब्यवशायिक प्रयोजनका लागि ज्योति माविले शडकको वस्तु स्थिति अध्ययन नै नगरी निर्माण गरिएका अपायक शटरहरुले भबिष्यमा झन जोखिम बढाउने नेप्से चोकका स्थानीय लेखनाथ न्यौपाने बताउँछन् ।


शडकको बस्तु स्थिति र अवस्थाको जानकारी नराख्दा त्रुटी भएको तर सावधानी पूर्वक गति सीमामा रहेर सवारी चलाउँदा जोखिम न्यूनिकरण गर्न सकिने ५ नं. वडा सदस्य गोपाल गिरीले बताएका छन् । सुरक्षाका लागि सवै क्षेत्र, वर्ग र समुदायले सामाजिक दायित्व र जिम्मेवारी बुझेर शडक प्रयोग गर्दा ट्राफिक अनुशासनको पालना गर्नुपर्ने पनि गिरीले बताएका छन् ।


त्यस्तै उक्त शडकमा लामो समय देखि स्कुल बस चलाउँदै आएका इटहरी ७ नं. वडाका सोहनलाल चौधरी घुम्ती र मोड सहितको बाटो भएकोले चालकलाई अफ्ठ्यारो हुने बताउँदै सवारी चालकले गति सीमामा रहेर गाडी चलाउँदा सडक सहज हुने बताएका छन् ।


विद्यालय क्षेत्र भएकोले नेप्से चोकको क्षेत्र आसपास अफ्ठ्यारो र असुरक्षित भएको इटहरीको ५ नं. वडा कार्यालयका अध्यक्ष भिष्मकुमार घिमिरेले बताएका छन् । यद्दपी यो समस्याको समाधानका लागि ट्राफिक ब्यवस्थापनमा वडाले ध्यान दिएको र सडकमा डिभाईडर र संकेत चिन्हहरुको प्रयोग गरेर समस्याको ब्यवस्थापन गरिने पनि अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।


इटहरीको नेप्से चोकमा मात्रै २ वटा बिद्यालय, घरेलुु तथा साना उद्योग कार्यालय र एउटा नेपाल परिवार नियोजन संघको अस्पताल छ । अस्पतालमा आउने सेवाग्राही तथा शडकमा आवत जावत गरिरहनपर्ने सवारी साधनहरु, बिद्यार्थी, सर्वसाधारणहरुका लागि नेप्से चोक र सिमरवना आसपासको क्षेत्र अहिले सम्भाबित शडक दुुर्घटनाको भय रहेको क्षेत्र हो । अस्पताल र बिद्यालय जस्ता महत्वपूर्ण  स्थान भएको छेत्रमा संकेत जनाउ चिन्हहरु शडकमा प्रयोग नगरिनु, यदि भबितव्य परेमा सडकमा सार्वजनिक सिसी टिभी जडान नहुदाको अवस्थामा अनुसन्धानमा समेत समस्या आउनेमा दुईमत छैन ।


स्कुल जस्तो संबेदनशील क्षेत्रमा काम गर्ने सवै सरोकारवाला निकाय, स्कुल प्रशासन र अभिभावक समेतले स्कुलका नानीबाबुको सुरक्षाको लागि संधै चनाखो र सचेत रहन आवश्यक छ । समस्या आउन नदिन स्कुल ब्यवस्थापनले पनि त्यस्ता लापरवाही गर्ने चालकलाई कारवाही गर्न, अभिभावकले पनि आफ्ना नानीहरु पठाएका गाडीहको निगरानी गर्न र पैदल यात्रुहरुले पनि शडक कसरी प्रयोग गर्ने भन्ने बारेमा सचेत रहन अनिवार्य देखिएको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]