निर्माणाधिन कोशी राजमार्गको बिषयमा अख्तियारलाई ध्यानाकर्षण

  • माघ १७, २०७९ / नेपाल रेखा
alt

नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।


सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो ।


सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आर्थिक साथै परियोजना संग निहित समुहहरुको एकिकृत भ्रष्टाचारले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्माणमा समाजको आशंका रहेको छ ।


कोशी राजमार्गको निर्माणमा देखिएको भ्रष्टाचार र गुणस्तर मापदण्डका आधारहरु छर्लङ्ग नै भएको र यसको छानबिन गर्ने आधिकारिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएकोले यस आयोजना संग सम्बन्धित सूचना आम जनताको पनि हक भएकोले यसवारे सत्यतथ्य बिवरण सार्वजनिक गरिनु पर्ने माग स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ ।


भ्रष्टाचार नेपालको दिगो बिकाशको बाधक भएको कुरा राज्यका सवै तह र तप्काका जिम्मेवार पदाधिकारिहरुलाई ज्ञान भएपनि राज्य नागरिक संग सत्यको सम्वाद गर्न नसकेको उक्त सचेतनापत्रमा उल्लेख गरिएको छ ।


वास्तबिक आधुनिक लोकतन्त्रमा राज्यले नागरिकका बिचमा गरेको सत्यको सम्वाद नै प्रयोगवादी लोकतन्त्र हो तसर्थ ईटहरी दक्षिणमा रहेको वाँकी सडक निर्माणका कार्यहरु समन्वयका साथ परियोजनाले अपेक्षा गरे बमोजिम पुर्ण प्राविधिक मापदण्डमा सडक निर्माण गरिनुपर्ने पनि सचेतना पत्रमा जनाईएको छ ।


नवनिर्मित राष्ट्रिय गौरवको आयोजनामा भूल भएका कुराहरु सच्याउन, त्यसैगरेर, प्राविधिक कमजोरीहरु भएका ठाँउमा पुःन निर्माण गर्न र गुणस्तर कायम राख्नुपर्ने उक्त पत्रमा भनिएको र आम जनताले पनि सोहि बमोजिम देख्न चाहेको पनि सचेतना पत्रमा उल्लेख छ ।
–शिव कुमार राई बाट ।

 

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]