आचार्य आत्मदाहको घटनामा राज्य गैर जिम्मेवार

  • माघ १५, २०७९ / नेपाल रेखा
alt

नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ ।


घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् ।


स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुखिकरण र पृष्ठपोषण भएको हुँदा साना ब्यापारी, निमुखा जनता, साधारण किसान, श्रमजिवी तथा कृयाशील समाजको आवश्यकता र अपरिहार्यता कमजोर हुँदै गएको बताएको छ ।


यस्ता घटनाका बारेमा बिगत देखिनै राज्य बिभिन्न आयोग, कमिटी र छानबिनको नाममा छलकपट हुनेगरेको र वर्तमान सरकारले पनि यस्तो सिको गरेको देखिन आएको भनेर बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

bigyapti-2
यसैबिच, स्वतन्त्र नागरिक समाज, नगर कमिटी ईटहरीले पनि उक्त बिषयमा बिज्ञप्ती प्रकाशन गरेर, राज्यलाई यस्ता घटना प्रति खवरदारी गरेको छ । समाजको ईटहरी नगर कमिटीले स्वर्गीय आचार्यले उठाएका सवालहरुलाई राज्यले अबिलम्व सम्वोधन गर्नुपर्ने बताएको छ ।
बिज्ञप्तीको पाठः

bigyapti-1
संघीय संसद भवन अगाडी ईलामको सुर्योदय नगरपालिका ११ का ३६ वर्षिय प्रेम प्रसाद आचार्य सन्तोषले माघ ११ गते बुधवार शरिरमा प्ट्रोल खन्याई आत्मदाह गरेका थिए ।
उनले देशमा पढ्दा, जागिर खाँदा, ब्यापार गर्दा र बैदेशीक रोजगारमा जाँदा भोग्नु परेका समस्या र कामको शुन्य उपलब्धीको बारेमा ६ हजार बढी शब्दको पत्र मार्फत राज्यको ध्यान केन्द्रित गराएका थिए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]