विराटनगर । यौनिक तथा लैङगिंक अल्पसंख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकता पाउनबाट आफुहरु वन्चित भएको गुनासो गरेका छन् ।
विराटनगरमा वुधवार आयोजित कार्यक्रममा उनीहरुले राजनीतिक दलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनीतिक तहमा सहभागी गराउन आग्रह गरेका छन् । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ त्यो निर्वाचनमा नेतृत्वदायी भुमिकामा सहभागिता हुनपर्नेमा उनीहरुको जोड थियो ।
सरोकारवाला निकायसंग यौनिक तथा लैङ्गिक अल्पशंख्यक समुदायको मुद्दाहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले राज्य, सामाज तथा परिवारहरुबाट आफुहरु अपहेलित हुने गरेकाले आफ्नो समुदायको अधिकारका लागि कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै निलहिरा समाजका सुदीप गौतमले यौनिक तथा अल्पशंख्यक समुदायलाई समाज तथा परिवारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि संचारकर्मीको भुमिका महत्वपूर्ण रहने बताए ।
म जे हो त्यसैमा बाँच्न पाउनु पर्दछ भन्दै उनले त्यो वातावरण राज्य र समाजले बनाउनुपर्ने उनको भनाइ थियो । समाज र परिवारबाट अपहेलित भएका कारण घर जान सक्ने अवस्था नभएपछि कोभिडको दुई वर्षको अवधिमा यौनिक तथा लैङ्गिक अल्पशश्यक समुदायका ३० जनाले आत्महत्या गरेको उनको भनाइ थियो ।
परिवर्तन समाज समाजका मोरङ संयोजक परिवार र समाजले स्वीर्कान नसकेका कारण आफुहरुले नागरिकता समेत पाउन नसकेको बताए । राजनीतिक दलहरुले बिभिन्न तह तप्कामा समेट्ने भनेर मौखिक आश्वासन दिएपनि दलहरु आफनो विधान तथा घोषणपत्रमा यौनिक तथा लैङ्गिक अल्पशंख्यक समुदायलाई कुनै पनि स्थान नदिएको उनले गुनासो गरे ।
कतिपय साथीहरु राज्यको नेतृत्व तहमा बसेर देशको सेवा गर्न चाहन्छन् तर चाहेर पनि आफुहरुलाई केहि गर्ने अधिकार राज्यले नदिएको उनको भनाइ थियो ।
निलहिरा समाजका अनुसार नेपालमा यौनिक तथा लैङ्गिक अल्पशंख्यको शंख्या ९ लाख वढि रहेको छ । ९ लाखको शंख्यामा यौनिक तथा अल्पशंख्यक आफुहरुको संस्थामा जोडिएको सुदीप गौतमले बताए । मोरङ जिल्लामा १४ हजार बढि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।