छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका कोशी राजमार्ग राष्ट्रिय गौरवको आयोजना

  • पुष २३, २०७९ / नेपाल रेखा
alt

इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ ।


राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ ।


कोशी राजमार्ग अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना बिराटनगरको रानी जोगवनी देखी धरान सम्म सडकको केन्द्रबिन्दु बाट दुर्वतर्फ २५÷२५ मिटर चौडा शडक कायम हुनुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सुक्रवार जिल्ला प्रसासन कार्यालय सुनसरी मार्फत सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएको हो ।


स्वतन्त्र नागरिक समाज सुनसरीले बुझाएको उक्त ज्ञापन पत्रमा सडक निर्माणकै क्रममा भ्रष्टाचारका संकेतहरु प्रष्ट रहेको देखिएको बताईएको छ । प्रदेश नं. १ मा रहेको कोशी राजमार्गको पुनः निर्माण, स्तरोन्नती र निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्ष नभएको जनाईएको छ ।


सडक निर्माणकै क्रममा राजनितिक स्तरबाट हुने भ्रष्टाचार, प्राबिधिक तहबाट हुने भ्रष्टाचार, स्थानिय तहका जनप्रतिनिधी बाट हुने नितिगत एवं आर्थिक भ्रष्टाचार लगायत परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा निर्माण परियोजनामा कमजोर सामाग्रीको प्रयोगले निर्मित सडकमा खाल्डा खुल्डी परिसकेको र सडक किनाराहरु भत्किन थालिसकेको ज्ञापन पत्रमा उल्ले गरिएको छ । निर्माण लागतको सापेक्षतामा न्यून गुणस्तरको सडक निर्माण हुनु, मान्य प्राबिधिक जाँचबुझ, परियोजना गुणस्तर र स्बार्थ समुहले गर्ने भ्रष्टाचार बाट नै सडकको निर्मित अवस्था समेत कमजोर र गुणस्तर हिन रहेको ज्ञापन पत्रमा उल्लेख छ ।


सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीले उक्त ज्ञापनपत्र सुक्रवार नै स्क्यान गरेर इमेल बाट प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाण्डु र एक नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय पठाईने जानकारी नेपालरेखा डटकमलाई गराए ।
ज्ञापन पत्र स्वतन्त्र नागरिक समाज सुनसरीका संयोजक जनक पाण्डेको अगुवाईमा समाजका सचिव शिवकुमार राई,े सदस्य द्वय सुमन तामाङ, र शिव काफ्ले एवं सल्लाहकार शालिग्राम पाण्डेले संयुक्त रुपमा सो ज्ञापन पत्र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई हस्तान्तरण गरेका थिए ।


ज्ञापन पत्रको पुर्ण पाठः

gyapan patra swontantra1

gyapan patra swontantra

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]