काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ ।खुलमटारमा आज एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गर्नुभएको थियो ।सो क्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो । “ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्
इटहरी । इटहरीको बुढीगङ्गा मार्सल आर्ट क्लबमा आवद्ध ५३ जना खेलाडीहरुको ग्रेडिङ्ग गरिएको क्लबले गरिएकोछ । ग्रेडिङ्ग तथा सेलेक्सन नेपाल तेक्वान्दो संघ कोसी प्रदेश सदस्य कुमार गुरुङले गरेका थिए । खेलाडीहरुको संयोजन बुढीगङ्गा तेक्वान्दो डोजाङ्ग प्रमुख अबिनास थापाले गरेका थिए । खेलाडीहरुले देशको इज्जत बढाउने भएकोले राज्यले संरक्षण गर्नुपर्ने पाथीभरा इङ्लिस बोर्डिङ्ग स्कूलका म्यानेजिङ्ग डाइरेक्टर निर्मल रिजालले बताए ।बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले पाथीभरा इङ्लिस स्कूलमा ग्रेडिङ्ग कार्यक्रम गरिएको क्लबका अध्यक्ष रमेश खत्रीले बताए ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको कामना गर्नुभयो । कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो ।यही भदौ ८ र ९
इटहरी । साउन २९ गते भारतको पूर्णियामा भएको फुटबल प्रतियोगितामा बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले सहभागिता जनाएको छ । बिश्व आदिवासी दिबसको अबसरमा उराँव जातिले आयोजना गरेको फुटबल खेलमा क्लबले सहभागिता जनाएको हो । क्लबका खेलाडी सेमिफाइनलमा प्रवेश गरि पेनाल्टीमा हार ब्यहोर्नु परेको कुरा क्लबका अध्यक्ष रमेश खत्रीले जानकारी गराए । जम्मा २२ जना खेलाडी सहभागी भएको र सानदार तरिकाले खेल प्रस्तुत गरि म्यान अफ् द म्याच क्लबका खेलाडी गोल्ड किपर सनम श्रेष्ठले प्राप्त गरेको बताएका छन् । टिम क्याप्टेन जित बहादुर थापा थिए । टिम म्यानेजर सुरेन्द्र उराँव थिए । क्याप्टेन थापाले क्लबको हैसियत अन्तर्राष्ट्रिय स्
आशिका लम्साल विराटनगर । मोरङ सुन्दरहरैचाकी दिपा विष्ट (२८) को तौल १९ बर्षको हुँदा ९० केजी पुगेको थियो । यसैले उनी आफ्नै ठाउँ विराटचौकमा खुलेको जिमखानामा व्यायम गर्न जान थालिन् । त्यहाँ उनले आफनो तौल मात्र घटाइनन् जिम गर्दा बढीभन्दा बढी तौल पनि उचाल्न थालिन् । उनी सन् २०१८ तिर बैदेशिक रोजगारका लागि पोर्चुगल जाने सोचले काठमाण्डौं गइन् । काठमाण्डौ पुगेपछि उनले कालिमाटी स्थित डिभाइन फिजिकल फिटनेश सेन्टरमा नियमित जिम गर्न थालिन् । जिम गर्नेक्रमा दिपा अरुले भन्दा धेरै तौल उठाएर व्यायम गर्ने गर्थिन् । जिम गर्न आएका अरु खेलाडीहरुले ‘हन के विधि वेट उठाएको यत्रो मरिहत्ते किन गरेको ?’ भनेर भन
काठमाडौँ । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले म
अमेरिका । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो । अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए । अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजि
इटहरी । असार १४ देखि १६ गतेसम्म भारतको सिलिगुडीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गरेका बुढीगङ्गा मार्सल आर्ट क्लबमा आवद्ध खेलाडीहरुलाई प्रमाणपत्र र मेडल दिएर सम्मान गरिएको छ । शनिबार इटहरी–४ मनकामना मन्दिरको हलमा भएको बुढीगङा तेक्वान्दो डोजाङ्ग र बुढीगङा मार्सल आर्ट क्लब इटहरीले संयुक्त रूपमा बिजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल दिएर सम्मान गरेका हुन् । सो प्रतियोगितामा १० जना खेलाडीहरु सहभागी भएका थिए । उनीहरुमध्ये ७ जनाले गोल्ड मेडल, २ जनाले सिल्भर मेडल र १ जनाले काँश्य मेडल हात पार्न सफल भएका थिए । कार्यक्रमको सभापतित्व बुढीगंङा
इटहरी । बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरी–४ बाट भारतको सिलिगुडी दिल्ली पब्लिक स्कूलमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई हौसला दिंदै विदाई गरिएको छ । उक्त प्रतियोगितामा भाग लिन जाने १५ जना खेलाडीहरुलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्त लामा र पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईले खादा माला लगाएर बिदाइ गरेका हुन् । क्लबका अध्यक्ष रमेश खत्रीको नेतृत्व र डोजाङ्ग प्रमुख अबिनास थापाको कमान्डमा खेलाडीको टोली जान लागेका छन् । क्लबका अध्यक्ष रमेश खत्रीले १५, १६ र १७ गते हुने प्रतियोगितामा इटहरीबाट १४ गते सिलीगुडी प्रस्थान गर्ने