कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

  • असार ३१, २०८१ / नेपाल रेखा
alt

अमेरिका । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।

यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो ।

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए । अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो । त्यसैगरी, बर्लिनमा आजै भएको यूरो कप फाइनल खेलमा स्पेनले इङ्ल्याण्डविरूद्ध २ - १ गोल गर्दै उपाधि जितेको छ ।

स्पेनले युरो कप २०२४ को उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि लामिन यमालको पासमा निको विलियम्सले पहिलो गाले गर्दै खेलमा स्पेनले अग्रता लिएको थियो । खेलको ७३औं मिनेटमा इङ्ल्यान्डले गोल गरी खेललाई बराबरीमा फर्काएको थियो । इङ्ल्याण्डका कोल पालमरले खेलको दोस्रो हाफमा प्रवेश गरेको तीन मिनेटमा नै लामो दुरीबाट उत्कृष्ट गोल गर्न सफल हुनुभएको थियो । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए ।

स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाउनुभएको हो । स्पेनको यो चौथो युरो उपाधि हो । युरो कप उपाधि जित्न नसकेको इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कप फाइनलमा पराजित भएको छ ।

‘पाठेघर मुखको क्यान् ...

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठ ...

एसइई परीक्षाको सम्पू ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण का ...

नेपाली सेनाको स्वास् ...

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरू ...

प्रतिगामी शक्तिविरुद ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]