तौल घटाउन जिमखाना गएकी दिपा बनिन् अन्तरराष्ट्रिय खेलाडी

  • साउन २३, २०८१ / नेपाल रेखा
alt

आशिका लम्साल
विराटनगर । मोरङ सुन्दरहरैचाकी दिपा विष्ट (२८) को तौल १९ बर्षको हुँदा ९० केजी पुगेको थियो । यसैले उनी आफ्नै ठाउँ विराटचौकमा खुलेको जिमखानामा व्यायम गर्न जान थालिन् । त्यहाँ उनले आफनो तौल मात्र घटाइनन् जिम गर्दा बढीभन्दा बढी तौल पनि उचाल्न थालिन् । उनी सन् २०१८ तिर बैदेशिक रोजगारका लागि पोर्चुगल जाने सोचले काठमाण्डौं गइन् । काठमाण्डौ पुगेपछि उनले कालिमाटी स्थित डिभाइन फिजिकल फिटनेश सेन्टरमा नियमित जिम गर्न थालिन् । जिम गर्नेक्रमा दिपा अरुले भन्दा धेरै तौल उठाएर व्यायम गर्ने गर्थिन् । जिम गर्न आएका अरु खेलाडीहरुले ‘हन के विधि वेट उठाएको यत्रो मरिहत्ते किन गरेको ?’ भनेर भन्थे । तर जिमखानाका गुरु रुजेश शाहीले दिपालाई वाच गरिहेका रहेछन् । यसैले दिपाको पावर देखेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिपालाई हौस्याए । त्यसपछि दिपाले पनि स्टे«न्थ लिफिटिङगं प्रतियोगितामा भाग लिन थालिन् र राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय स्तरसम्म सफलता पाउदै गइन् ।
सन् २०२२ मा नेपालको सबैभन्दा ठूलो धर्मश्री बडिविल्डिङग प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी दिपाले सन् २०२१ वाट स्टे«न्थ लिफटिंङग खेल खेल्न सुरु गरेकी हुन् । उनले तीन पटक स्ट्रेन्थ लिफटिङंग खेलको विश्वस्तरिय प्रतियोगितामा तीन पटक गोल्डमेडल जितिसकेकी छन् । भर्खरै सन् २०२४ जुलाई १५ देखी १९ सम्म काजकस्तानमा सम्पन्न ११ औ स्ट्रेन्थ लिफटिङंग विश्व प्रतिस्पर्धामा दिपा महिलातर्फ ९५ केजी तौल उठाएर २० देशका ४० जना खेलाडीलाई पछि पार्दै विश्वच्याम्पिनय बन्न सफल भएकी थिइन् । सोही प्रतियोगितामा उनले खुल्लातर्फ पनि ८० केजी तौल उठाएर प्रथम स्थान हासिल गरेकी थिइन् । तीन पटक राष्ट्रिय च्याम्पियन बनिसकेकी दिपाले किर्जिकस्थान र भारतको हैदराबादमा सम्पन्न विश्व प्रतिस्पर्धामा पनि गोल्डमेडल जितिसकेकी छन् । तर पटक–पटक विश्वप्रतिस्पर्धामा च्याम्पियन बनेर गोल्डमेडल जितिसक्दा पनि खेलाडी दिपा अझै ओझेलमा छिन् ।

नेपाली महिलाहरु पनि अब्बल
खेलाडी दिपाका अनुसार नेपालमा पुरुषहरु मात्र नभएर महिलाहरु समेत स्ट्रेन्थ लिफटिङंगमा रुचि राख्ने गरेका छन् । धेरै नेपाली गृहणी महिलाहरुले स्टे«न्थ लिफटिङंग खेलमा राम्रो दख्खल राख्न सक्छन् । भर्खरै कजाकस्तानमा सम्पन्न विश्व च्याम्पियन प्रतियोगितामा नेपालकी ३७ बर्षिया महिलाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अन्तर्राष्टिय च्याम्पियन दिपा भन्छिन्, ‘नेपाली महिलाहरु पनि स्ट्रेन्थ लिफटिङंगमा कोही भन्दा कम छैनन् प्रोत्साहन पाए उनीहरुले पनि धेरै राम्रो गर्नसक्छन ।’


विदेशमा प्रोत्साहन नेपालमा बेवास्ता


अनुभवी विश्व च्यापियन खेलाडी दिपाका अनुसार स्टे«न्थ लिफटिङंग खेलको नेपालमा धेरै राम्रो संभावना छ । खेलको विकासका लागि राष्ट्रिय स्तरमा स्टेन्थ लिफटिङंग फेडरेशन पनि स्थापना भैसकेको छ । पश्चिम नेपालगन्ज र कर्णालीतिर यो खेल निक्कै फस्टाएको छ । पूर्व कोशीतिर भर्खर जिल्ला स्तरमा समितिहरु गठन हुदैछन् । तर यो खेल अझै आधिकारिक रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुन सकेको छैन । यसैले विश्वस्तरको संभावना भएर पनि यो खेलको विकासमा सरकारस्तरबाट चासो पुगेको छैन
भारत लगायत विश्वका देशहरुमा स्ट्रेन्थ लिफटिङंगका सफल खेलाडीहरुलाई सरकारले तालिम दिलाउने प्रयोजकहरु खोजि दिनेदेखी जागिर पनि दिलाउने गर्दछ । खेलाडीहरुले प्रतियोगिता आयोजना गर्न प्रयोजकहरु सहजै भेटाउने गर्दछन । तर नेपालमा यो खेलका लागि सरकारी स्तरबाट अझैसम्म कुनै प्रोत्साहन भएको छैन । विश्व स्तरको प्रतिस्पर्धामा भाग लिन जाने खेलाडीहरुले पनि निजी जिमखानामा अभ्यास गर्नुपर्दछ र पौष्टिक आहार पनि आफनै खर्चले खानुपर्दछ ।
पटक–पटक विश्वस्तरको पदक जितेर ल्याउँदा पनि संघ र प्रदेश सरकारले अझै खेल र खेलाडीहरुलाई वास्ता गर्नेगरेका छैन । कजाकस्तानबाट विश्व च्याम्यिन भएर फर्केपछि दिपा कप र मेडल बोकेर कोशी प्रदेशका मुख्यमन्त्री भेटन पुगेकी थिइन् । तर उनले सरकारबाट आश्वासन बाहेक कुनै प्रोत्साहन पाउन सकिनन् । धन्न उनी बसोवास गर्ने सुन्दरहरैचा नगरपालिकाले चाँही उनलाई एक लाख रुपैया दिएर कदर गरेछ । दिपा भन्छिन, ‘कर्णाली प्रदेशमा सरकारले यो खेल खेल्नजाने खेलाडीलाई जनही २ लाख दिएको रहेछ तर कोशी प्रदेशमा विश्वच्याम्पियन बनिसक्दा पनि कुनै वास्ता गरिएको छैन ।’
स्ट्रेन्थ लिफटङंग खेलको विकासका लागि नेपालमा अझै पूर्वाधारहरु छैनन् । नीति र योजनाहरु पनि बनिसकेका छैनन् । यसैले स्थानीय तह प्रदेश र संघिय सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म संभावना राम्रो भएको स्ट्रेन्थ लिफटिङंग खेलको विकासमा चासो दिनुपर्ने दिपा बताउँछिन । उनका अनुसार यो खेलको विकासका लागि हरेक प्रदेश स्तरमा स्ट्रेन्थ लिफटिङंग तालिमकेन्द्र हुनुपर्छ । खेलमा रुचि बढाउन जिल्लादेखी नै प्रतियोगिता नियमित गराउनुपर्छ । अनि खेल आयोजना गर्नका लागि सरकारले बजेट दिने, प्रशिक्षक र खेलाडीहरुलाई संरक्षण गर्ने अनि प्रयोजकहरु बढाउन प्रोत्साहन गर्नुपर्छ ।

यामाहा ब्लू स्ट्रीक् ...

काठमाडौँ । एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर ...

पहेँलपुर तोरी ...

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा पहेँलपु ...

श्री सहयोगी बचत तथा ...

इटहरी । सुनसरीको ग्रामीण क्षेत्र गढी गाउँपालिका–१ ...

जानकी मन्दिरमा भक्तज ...

अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा आज जनकपुरध ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]