मार्सल आर्ट खेलाडीहरुलाई सम्मान

  • असार २२, २०८१ / नेपाल रेखा
alt

इटहरी । असार १४ देखि १६ गतेसम्म भारतको सिलिगुडीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गरेका बुढीगङ्गा मार्सल आर्ट क्लबमा आवद्ध खेलाडीहरुलाई प्रमाणपत्र र मेडल दिएर सम्मान गरिएको छ । शनिबार इटहरी–४ मनकामना मन्दिरको हलमा भएको बुढीगङा तेक्वान्दो डोजाङ्ग र बुढीगङा मार्सल आर्ट क्लब इटहरीले संयुक्त रूपमा बिजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल दिएर सम्मान गरेका हुन् । सो प्रतियोगितामा १० जना खेलाडीहरु सहभागी भएका थिए । उनीहरुमध्ये ७ जनाले गोल्ड मेडल, २ जनाले सिल्भर मेडल र १ जनाले काँश्य मेडल हात पार्न सफल भएका थिए । कार्यक्रमको सभापतित्व बुढीगंङा मार्सल आर्ट क्लबका अध्यक्ष रमेश खत्रीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगर उपप्रमुख संगिता चौधरी विशिष्ट अतिथि–४ नम्बर वडा अध्यक्ष भक्त लामा, सामाजिक बिकास विज्ञ चन्द्र प्रसाद भट्टराई, नेपाल तेक्वान्दो संघका कोशी प्रदेश कार्यबाहक शिबराज दाहाल रहेका थिए ।
खेलाडीलाई अझै अब्बल र दक्ष बनाउन स्थानीय सरकारले बजेट बिनियोजन गर्दा खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग अध्यक्ष रमेश खत्रीले राखेका थिए ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]