अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन बुढीगङ्गा मार्सल आर्ट क्लबमा आवद्ध खेलाडी जादै

  • असार १४, २०८१ / नेपाल रेखा
alt

इटहरी । बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरी–४ बाट भारतको सिलिगुडी दिल्ली पब्लिक स्कूलमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई हौसला दिंदै विदाई गरिएको छ ।
उक्त प्रतियोगितामा भाग लिन जाने १५ जना खेलाडीहरुलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्त लामा र पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईले खादा माला लगाएर बिदाइ गरेका हुन् ।
क्लबका अध्यक्ष रमेश खत्रीको नेतृत्व र डोजाङ्ग प्रमुख अबिनास थापाको कमान्डमा खेलाडीको टोली जान लागेका छन् । क्लबका अध्यक्ष रमेश खत्रीले १५, १६ र १७ गते हुने प्रतियोगितामा इटहरीबाट १४ गते सिलीगुडी प्रस्थान गर्ने जानकारी दिए । अध्यक्ष खत्रीले क्लबमा आवद्ध खेलाडीहरु अब्बल र सक्षम भएकाले अत्यधिक मात्रामा मेडलहरु जित्न दाबी गरे ।

पुरानो सत्ताको कथित ...

– सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठ ...

अर्नाको जिन संकटमा ...

सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी बग ...

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]