संस्कृति

    Showing 111-120 of 141 items.
  • कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

    महेन्द्रनगर । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्न

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 120 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल संवत् ११४३ को स्वागत

    काठमाडौँ ।चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ ।नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना ¥याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ ।यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • बुढिगंगा जमुना मुक्तिधाममा छैठ पुजाको तयारी

    इटहरी । विगतका वर्षहरुझै यस वर्ष पनि छैठ सेवा समिति इटहरीले इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको संगम स्थल बुढिगंगा जमुना मुक्तिधाममा छैठ पर्व कार्यक्रमको आयोजना गर्ने भएको छ ।पत्रकार सम्मेलन गरी संस्थाले छैठ पर्व पुजाको तयारी एवं कार्यक्रमको जानकारी दिएको छ । छैठ पर्व विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा बताइयो । प्रत्येक वर्ष सो अवसरमा इटहरी लगायत आसपासका स्थानबाट अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । यस वर्ष २ लाख २५ हजार बढी भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । ११ गते शोभायात्रा, १२ गते खरना, १३ गते छैठ पुजा सुभारम्

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • मादलको बिक्री कम हुन थाल्यो

    त्रिवेणी । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन । नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ । तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन् । तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए । “तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन”, व्यवसायी नेपालीले भने, “तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन ।” पछिल्लो केही दिनयता

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा रमाइलो मेला लाग्ने

    इटहरी । सुनसरीको इटहरीमा विगत तीन वर्ष देखि रमाइलो मेला सञ्चालन हुन नसकिरहेको समयमा यस वर्ष भने दशैं, तिहारको अवसर पारेर रमाइलो मेला लगाइने भएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको जनता माध्यमिक विद्यालयमा हरेक वर्ष बनाइने दुर्गा पुजा स्थल नजिकै रमाइलो मेला सञ्चालन गर्ने तयारी गरिएको हो ।इटहरी फुटबल क्लबको आयोजनामा चाडपर्वको अवसर पारेर असोज १० गते देखि रमाइलो मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालक कपिल गुरुङ्गले जानकारी दिए ।उनले विगत तीन वर्ष देखि इटहरीमा मेला सञ्चालन नभइरहेको अवस्थामा आफूहरुले मेला सञ्चालन गर्न लागेको समेत बताए ।इटहरीमा विगत एक दशक अघि देखि सामूहिक दुर्गा पुजा

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • अ.ने.म.संघ (क्रान्तिकारी) र थारु राष्ट्रिय मुक्ति मोर्चाले एकै मन्चमा मनाए जितिया पर्व

    धिरेन्द्रकुमार चौधरी रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भगिनी संगठन अ.ने.म.संघ (क्रान्तिकारी) र थारु राष्ट्रिय मुक्ति मोर्चा नगर कमिटी रामधुनीको आयोजनामा जितिया बिषेश कार्यक्रम मंगलबार झुम्कामा मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् अ.ने.म.संघ ( क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य सपना परियारले हरेक महिलाको अधिकार सुनिश्चिताका लागि संविधानमा व्यवस्था गरिएपनि कार्यान्वयनमा कठिनाई भएको बताइन् । उनले भनिन्–‘त्यसैलेअझै पनि उपलब्धि अधिकारको रक्षा गर्दै एकतावद्ध भइ आवाज उठाउन आबश्यक छ ।’ सो अवस

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 272 पटक पढिएको
    • नेपाल रेखा
  • जितिया महोत्सव मधेसामा मनाइयो

    धिरेन्द्रकुमार चौधरी इनरुवा । थारु र अन्य समुदायका महिलाहरूले परम्परागत कालदेखि जितिया पर्व मनाउदै आएका छन् ।प्रत्येक बर्षमा एक पटक जितिया पर्व मान्ने चलन रहेको छ । पहिले चुलो चौका र घर व्यवहारमा मात्र सिमित रहेका थारु महिलाहरु पछिल्लो समयमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।थारु महिलाहरू आफ्नो भेष भुषामा सजिएर आफ्नो संस्कार सस्कृती संरक्षण गर्न कार्यक्रममा सहभागी भएका थिए । परम्परागत कालदेखि महिलाहरूले मनाउदै आएको जितिया पर्वको अवसरमा इनरुवा–६ मधेशामा थारु, दलित र अल्पसंख्यक महिला कमिटीको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिकाकी उपप्रमुख विनिताद

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 205 पटक पढिएको
    • नेपाल रेखा
  • उराव समुदायको सांस्कृतिक कार्यक्रमा नेताहरुको भिड

    सुकदेब चौधरी इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए । भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • चेपाङले मनाए ‘न्वागी’

    भरतपुर । चितवनका चेपाङ समुदायले ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ । रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । प

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • अ.ने.म. संघ (क्रान्तिकारी) द्वारा तीज विशेष कार्यक्रम आयोजना

    इटहरी । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सुनसरीको इटहरीमा अ.ने.म. संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य एवम् संसदीय दल सचेतक रामकुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशिष्ट अतिथि प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, अतिथिहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु अनिता परियार, सपना परियार (सन्ध्या) रहेका थिए । साथै कार्यक्रममा उत्कृष्ट सांस्कृतिक प्रस्तुती दिनेलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा गायिका सुनिता कटुवाल लगायतले प्

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 164 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]