अ.ने.म.संघ (क्रान्तिकारी) र थारु राष्ट्रिय मुक्ति मोर्चाले एकै मन्चमा मनाए जितिया पर्व

  • भदौ २८, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भगिनी संगठन अ.ने.म.संघ (क्रान्तिकारी) र थारु राष्ट्रिय मुक्ति मोर्चा नगर कमिटी रामधुनीको आयोजनामा जितिया बिषेश कार्यक्रम मंगलबार झुम्कामा मनाइएको छ ।
    कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् अ.ने.म.संघ ( क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य सपना परियारले हरेक महिलाको अधिकार सुनिश्चिताका लागि संविधानमा व्यवस्था गरिएपनि कार्यान्वयनमा कठिनाई भएको बताइन् । उनले भनिन्–‘त्यसैलेअझै पनि उपलब्धि अधिकारको रक्षा गर्दै एकतावद्ध भइ आवाज उठाउन आबश्यक छ ।’ सो अवसरमा उनले जितिया पर्वमा वर्त बस्ने महिलाहरुलाई आफ्नो स्वास्थ्य ध्यान दिन पनि आग्रह गरिन् । सो अवसरमा उनले पार्टी र संगठनको तर्फबाट जितिया पर्वको शुभकामना मन्तव्य समेत व्यक्त गरिन् ।
    कार्यक्रममा आओवादी केन्द्र रामधुनी नगर इन्चार्ज दिनेश चौधरीले महिला लगायत सबै वर्गको सम्मान र अधिकारका लागि आफू आवद्ध पार्टी विगतदेखी संंघर्ष आएको चर्चा गरे । कार्यक्रममा पार्टीका प्रदेश सदस्य खगेन्द्रनारायण चौधरी लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु समुदायको पौराणिक नाच धुम्रा, झुमैर र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
    थारु महिलाहरू आफ्ना सामुदायिक भेषभुषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । तारा चौधरीको सभापतित्व सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रदेश सल्लाहाकार बद्रीनारायण माझी, पार्टी प्रदेश सदस्य मुन्नी मेहता, पार्टीका रामधुनी नगर कमिटी अध्यक्ष बलराम चौलागाईं, श्याम कुमारी साह लगायतको सहभागिता रहेको थियो ।
  • jitiya 28
  • tharu morcha

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]