बुढिगंगा जमुना मुक्तिधाममा छैठ पुजाको तयारी

  • कार्तिक ९, २०७९ / नेपाल रेखा
alt

इटहरी । विगतका वर्षहरुझै यस वर्ष पनि छैठ सेवा समिति इटहरीले इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको संगम स्थल बुढिगंगा जमुना मुक्तिधाममा छैठ पर्व कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पत्रकार सम्मेलन गरी संस्थाले छैठ पर्व पुजाको तयारी एवं कार्यक्रमको जानकारी दिएको छ । छैठ पर्व विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा बताइयो । प्रत्येक वर्ष सो अवसरमा इटहरी लगायत आसपासका स्थानबाट अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । यस वर्ष २ लाख २५ हजार बढी भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । ११ गते शोभायात्रा, १२ गते खरना, १३ गते छैठ पुजा सुभारम्भ र १४ गते विहानको अर्घ पश्चात पुजा सम्पन्न गरिनेछ ।
पुजा घाटको स्थायी रुपमा व्यवस्थापन गर्न समितिले योजना बनाइ अघि बढिरहेको समयमा प्रत्येक वर्ष १० प्रतीशत घाट वृद्धी हुने हुदा समितिले स्थानको अभाव झेलिरहेको छैठ वर्प सेवा समितिका अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।
सोही अनुरुप समितिले बुढीखोला आसपास सरसफाइ, पुजाका लागि स्थान बनाउने लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष बासुदेव कर्णले जनकारी दिए ।
कार्यक्रमलाई भब्य र ब्यवस्थित बनाउन समितिले कार्यसमिति र उपसमिति गठन गरी कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको समितिका सचिव मुकेशकुमार चौधरीले बताए ।
३३ वर्ष देखी संस्थाले विभिन्न छैठ विशेष कार्यक्रमको आयोजना गरी छैठ पर्व मनाउँदै आएको बुढीगंगा जमुना मुक्तिधामको किनारमा यस वर्ष ४ सय २५ पुजा घाटको निर्माण गरिदै आएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]