जितिया महोत्सव मधेसामा मनाइयो

  • भदौ २६, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    इनरुवा । थारु र अन्य समुदायका महिलाहरूले परम्परागत कालदेखि जितिया पर्व मनाउदै आएका छन् ।
    प्रत्येक बर्षमा एक पटक जितिया पर्व मान्ने चलन रहेको छ । पहिले चुलो चौका र घर व्यवहारमा मात्र सिमित रहेका थारु महिलाहरु पछिल्लो समयमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।
    थारु महिलाहरू आफ्नो भेष भुषामा सजिएर आफ्नो संस्कार सस्कृती संरक्षण गर्न कार्यक्रममा सहभागी भएका थिए । परम्परागत कालदेखि महिलाहरूले मनाउदै आएको जितिया पर्वको अवसरमा इनरुवा–६ मधेशामा थारु, दलित र अल्पसंख्यक महिला कमिटीको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिकाकी उपप्रमुख विनितादेवी मेहताले गरिन् । सो अवसरमा उनले कार्यक्रम स्थलमा तयारी गरिएको पोखरीमा पुजापाठ गरिन् । सहभागी महिलाहरूले समेत पोखरीमा तेल सिन्दुर र पिना चढाइ जितिया पर्वको बिधिअनुसार पुजा पाठ गरेका थिए ।
    चान्दनी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रामप्रसाद मेहता, इनरुवा–६ का वडा अध्यक्ष सुमन थापा, हेमनारायण चौधरी, हरिनारायण चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा सत्यनारायण चौधरीले जितिया पर्वको कथा बाचन गरेका थिए । स्वागत मन्तव्य आशा चौधरीले राखेकी थिइन् ।
    कार्यक्रममा थारु समुदायको पौराणिक धुम्रा नाच तथा आफ्नो समुदायको पहिरनमा सजिएका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
    महिला सशक्तीकरण, नेतृत्व बिकास, संस्कार, सस्कृति संरक्षण गर्न तथा अधिकार सुनिश्चित गर्न जितिया महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
    मधेसाका सत्यनारायण चौधरीका अनुसार भगवान जित महानको आमाले शनिबारका दिन ब्रत बसी जितिया पर्व मनाइ आफ्नो छोराको ज्यान बचाएको धार्मिक मान्यता रहेको छ । नव बिबाहित महिलाहरू पहिलोपटक शनिबारका दिन जितिया पर्वको ब्रत बसे पछि मात्र जितिया पर्व मनाउने चलन छ । शुद्ध जितियाको ब्रत बसेपछि मात्र उनीहरुले जिवनभर जितिया पर्वमा ब्रत बस्ने चलन छ ।
    यस पर्वको अवसरमा बिबाहित महिलाहरूलाई बर्षमा एक पटक माइतमा बोलाउने परम्परा रहेको छ । यस अवसरमा चेलिबेटी मामा गाउ जान हुरुक्क हुन्छन् । पर्वमा चेलीबेटीले चामलको रोटी, मिठाइ तथा फलफुल माइत लाने चलन रहेकोे छ । माइतमा नयाँ लुगा कपडा प्रदान गरी चेलीबेटीलाई स्वागत गर्ने परम्परा रहेको छ ।महिलाहरू माइतमा बसेर जितिया पर्व मनाउने चलन रहेको छ । ब्रतालु महिलाहरू आफ्ना पती र छोराछोरीको दिर्घायु जिबनको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
  • jitiya 2 jitiya 1

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]