इटहरीमा रमाइलो मेला लाग्ने

  • असोज ५, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा विगत तीन वर्ष देखि रमाइलो मेला सञ्चालन हुन नसकिरहेको समयमा यस वर्ष भने दशैं, तिहारको अवसर पारेर रमाइलो मेला लगाइने भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको जनता माध्यमिक विद्यालयमा हरेक वर्ष बनाइने दुर्गा पुजा स्थल नजिकै रमाइलो मेला सञ्चालन गर्ने तयारी गरिएको हो ।
इटहरी फुटबल क्लबको आयोजनामा चाडपर्वको अवसर पारेर असोज १० गते देखि रमाइलो मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालक कपिल गुरुङ्गले जानकारी दिए ।
उनले विगत तीन वर्ष देखि इटहरीमा मेला सञ्चालन नभइरहेको अवस्थामा आफूहरुले मेला सञ्चालन गर्न लागेको समेत बताए ।
इटहरीमा विगत एक दशक अघि देखि सामूहिक दुर्गा पुजा स्थल बनाएर पुजा गरिदै आएको छ । सोही ठाउँ नजिकै मेला आयोजना गरि दशैै, तिहारजस्ता चाडपर्वको समयमा मेला आयोजना गरिन लागेको हो । दुर्गा पुजा स्थलमा आउनेहरुलाई लक्षित गरि मेला आयोजना गर्न लागिएको हो ।
इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा दशैको अवसरमा विशेष पुजाअर्चना फुलपाती भित्रयाउने लगायतका धार्मिक कार्यहरु गर्ने गरिन्छ ।
त्यसैलाई मध्यनजर गर्दै इटहरी क्षेत्रमा सरसफाईमा योगदान गर्दै आएको बुल्स इलेभेन क्लबले दुर्गा पुजा स्थल बनाउने क्रममा सो क्षेत्रको सरसफाई गरेको छ भने दुर्गा पुजा अवधिभर दैनिक सरसफाई गर्ने बुल्स इलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
दशैको अवसरमा इटहरीमा दुर्गा पुजा स्थल बनाई पुर्जा गर्न इटहरी तथा आसपासका क्षेत्रका मानिसहरु समेत आउने गरेका छन् ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]