अ.ने.म. संघ (क्रान्तिकारी) द्वारा तीज विशेष कार्यक्रम आयोजना

  • भदौ १५, २०७९ / नेपाल रेखा
alt

इटहरी । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सुनसरीको इटहरीमा अ.ने.म. संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य एवम् संसदीय दल सचेतक रामकुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशिष्ट अतिथि प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, अतिथिहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु अनिता परियार, सपना परियार (सन्ध्या) रहेका थिए ।
साथै कार्यक्रममा उत्कृष्ट सांस्कृतिक प्रस्तुती दिनेलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा गायिका सुनिता कटुवाल लगायतले प्रस्तुती दिएका थिए ।
कार्यक्रमको संयोजन अ.ने.म.संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समिति अध्यक्ष पुनम थापामगरले गरेकी थिइन् ।
त्यसैगरि, इटहरी लेडी जेसिजले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडी जेसिज वर्ष २०२२ की अध्यक्ष दुर्गा खड्का आचार्यको अध्यक्षता तथा संघिय सांसद डाक्टर डिला संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नाचगान मनोरञ्जन गर्नुका साथै एकआपसमा तिजको शुभकामना आदनप्रदान गरिएको थियो ।
सोही कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा प्रथम हुने कवियात्री टिका आत्रेयलाई सम्मान गरिएको थियो ।

2 3

राष्ट्रपति पौडेलद्वा ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रक ...

आज नवरात्रको नवौँ दि ...

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर् ...

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]