इटहरी । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सुनसरीको इटहरीमा अ.ने.म. संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य एवम् संसदीय दल सचेतक रामकुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशिष्ट अतिथि प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, अतिथिहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु अनिता परियार, सपना परियार (सन्ध्या) रहेका थिए ।
साथै कार्यक्रममा उत्कृष्ट सांस्कृतिक प्रस्तुती दिनेलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा गायिका सुनिता कटुवाल लगायतले प्रस्तुती दिएका थिए ।
कार्यक्रमको संयोजन अ.ने.म.संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समिति अध्यक्ष पुनम थापामगरले गरेकी थिइन् ।
त्यसैगरि, इटहरी लेडी जेसिजले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । इटहरी लेडी जेसिज वर्ष २०२२ की अध्यक्ष दुर्गा खड्का आचार्यको अध्यक्षता तथा संघिय सांसद डाक्टर डिला संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नाचगान मनोरञ्जन गर्नुका साथै एकआपसमा तिजको शुभकामना आदनप्रदान गरिएको थियो ।
सोही कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा प्रथम हुने कवियात्री टिका आत्रेयलाई सम्मान गरिएको थियो ।
