समाचार

    Showing ११-२० of ४५७ items.
  • महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरी र नेपाल फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको जनाएको छ ।भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो ।भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष ह

    • प्रकाशित मितिः चैत्र १७, २०८०
    • ७८ पटक पढिएको
    • नेपाल रेखा
  • तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन–मन्त्री गिरी

    पर्वत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ ।आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”,उहाँले भन्नुभयो । मन्त्री गिरीले कतिपय नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रह

    • प्रकाशित मितिः फाल्गुन २९, २०८०
    • १०४ पटक पढिएको
    • नेपाल रेखा
  • आगलागीबाट इटहरीमा एक जनाको मृत्यु

    इटहरी । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । इटहरी–६ का विष्णु खड्काको घरमा शनिबार राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आउनुभएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ल

    • प्रकाशित मितिः फाल्गुन २०, २०८०
    • १०९ पटक पढिएको
    • नेपाल रेखा
  • भारतीय ट्रक दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    विराटनगर । बूढीगङ्गा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्वल लोड गरेको भारतीय लहरी नं आर जे २९ जीवि १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको छ । घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ लहरीका चाल

    • प्रकाशित मितिः फाल्गुन ११, २०८०
    • १२६ पटक पढिएको
    • नेपाल रेखा
  • इन्खा एकीकृत अस्पतालद्वारा निःशुल्क स्वास्थ्य चेक जांच

    इटहरी । इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले १ दिने निःशुल्क स्वास्थ्य शिविर सोमबार संचालन गरेको छ ।अस्पताल परिसरमै संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट ग्रसित ३ सय जनाले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गराएका छन् ।शिविरमा थाराईड ५३ जनाले चेकजाँच गराएका छन् । त्यसैगरि, सुगर, किड्नीको चेक जाँच पनि गरिएको अस्पतालका कार्यवाहक अध्यक्ष डा लक्ष्मण बिकले जानकारी दिए । शिविरमा फिजीशियन डा विक्रमकुमार गुप्ता, डा दीपक चौधरीले सेवा दिएको अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर जयप्रकाश उरावले जानकारी दिए । ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको दैनिक निःशुल्क सुगर चेकज

    • प्रकाशित मितिः फाल्गुन ८, २०८०
    • ६४ पटक पढिएको
    • नेपाल रेखा
  • सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ - प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको ज

    • प्रकाशित मितिः फाल्गुन ७, २०८०
    • ६४ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रियसभा बैठक - देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उहाँहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकको विशेष समयमा सांसद कुमार दसौदीले जनतालाई आशा र विश्वास जगाउने कार्यक्रमका लागि सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिले गति लिन सक्नुपर्छ । कह

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ७६ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीद्वारा प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवद्र्धन गर्न, विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्र

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ६७ पटक पढिएको
    • नेपाल रेखा
  • भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ - प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।  आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले गर्ने अनुसन्धानमा सरकारकाे साथ रहने बताउनुभयाे । प्रधानमन्त्री दाहालले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ५५ पटक पढिएको
    • नेपाल रेखा
  • आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

    काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताउनुभयो । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ५३ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]