भोटेकोशी बाढीमा बेपत्ता माझी र धामीको परिवारसँग राज्यमन्त्री परियारको भेट

  • भदौ २३, २०८३ / नेपाल रेखा
alt

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–५, माझीटोलका ४७ वर्षीय मोहनलाल माझीको परिवारसँग कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले मंगलबार भेटघाट गरेकी छन् ।
मोहनलालकी श्रीमती चन्द्रकला श्रेष्ठ माझीसहित परिवारसँग भेट गर्दै राज्यमन्त्री परियारले उनको खोजी तथा उद्धारका लागि प्रदेश सरकारले गरिरहेको पहल र प्रयासबारे जानकारी दिइन् । मोहनलाल रोशन हाइड्रोपावर अपर त्रिशुली चाइना कम्पनीमा सुरक्षा अफिसरका रूपमा कार्यरत थिए ।
यसैगरी, राज्यमन्त्री परियारले सोही बाढीमा बेपत्ता भएकी बराहक्षेत्र नगरपालिका–३, भरौलीकी २२ वर्षीया रुवीना धामीको परिवारसँग पनि भेट गरेकी छन् ।
धामी खोरसयाङ थोकरको होटल कैलाश, टिमुरेमा कामदारका रूपमा कार्यरत थिइन् । बाढीपछि बेपत्ता भएकी उनको खोजी तथा उद्धार र पीडित परिवारका लागि राहतका विषयमा भइरहेको प्रयासबारे राज्यमन्त्रीले जानकारी दिइन् ।
बाढीमा आफन्त बेपत्ता भएपछि दुवै परिवार चिन्तित छन् ।

बडा दशैंको मुख्य दिन ...

काठमाडौँ । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज म ...

बडादसैँको अवसरमा राष ...

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा ...

राष्ट्रपति पौडेलद्वा ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रक ...

आज नवरात्रको नवौँ दि ...

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]