भोटेकोशी बाढीमा बेपत्ता माझी र धामीको परिवारसँग राज्यमन्त्री परियारको भेट

  • भदौ २३, २०८३ / नेपाल रेखा
alt

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–५, माझीटोलका ४७ वर्षीय मोहनलाल माझीको परिवारसँग कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले मंगलबार भेटघाट गरेकी छन् ।
मोहनलालकी श्रीमती चन्द्रकला श्रेष्ठ माझीसहित परिवारसँग भेट गर्दै राज्यमन्त्री परियारले उनको खोजी तथा उद्धारका लागि प्रदेश सरकारले गरिरहेको पहल र प्रयासबारे जानकारी दिइन् । मोहनलाल रोशन हाइड्रोपावर अपर त्रिशुली चाइना कम्पनीमा सुरक्षा अफिसरका रूपमा कार्यरत थिए ।
यसैगरी, राज्यमन्त्री परियारले सोही बाढीमा बेपत्ता भएकी बराहक्षेत्र नगरपालिका–३, भरौलीकी २२ वर्षीया रुवीना धामीको परिवारसँग पनि भेट गरेकी छन् ।
धामी खोरसयाङ थोकरको होटल कैलाश, टिमुरेमा कामदारका रूपमा कार्यरत थिइन् । बाढीपछि बेपत्ता भएकी उनको खोजी तथा उद्धार र पीडित परिवारका लागि राहतका विषयमा भइरहेको प्रयासबारे राज्यमन्त्रीले जानकारी दिइन् ।
बाढीमा आफन्त बेपत्ता भएपछि दुवै परिवार चिन्तित छन् ।

अपर त्रिशूली बाढीमा ...

धरान । भाद्र १० गते आएको अपर त्रिशूलीको बाढीमा बेपत्ता ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य ...

जनसरोकारका विषय सुन् ...

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य ...

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]