कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

  • भदौ २, २०८३ / नेपाल रेखा
alt

इटहरी । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी भएको छ ।
नेकपाबाट खिनु लङ्वा लिम्बूको नेतृत्वमा जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पाले मन्त्री तथा सपना परियारले सोमबार राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री परियारलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका थिए । मन्त्रिपरिषद् हेरफेरसँगै प्रदेश सरकारले मन्त्रीहरूको मन्त्रालयसमेत तोकेको छ ।
हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय र रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्मा सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कोशीटप्पुको निगुरो क ...

सुनसरी । कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहता ...

नागको प्रतिमामा पूजा ...

भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया क ...

इन्डोनेसिया भूकम्पः ...

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको ...

ग्यासको प्रतिक्षामा ...

भक्तपुरको मध्यपुर थिमी चारदोबाटोमा बस्ने होमक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]