अपर त्रिशूली बाढीमा बेपत्ता जियोलोजिस्ट मुकेशको परिवारसँग राज्यमन्त्री परियारको भेट

  • भदौ २२, २०८३ / नेपाल रेखा
alt

धरान । भाद्र १० गते आएको अपर त्रिशूलीको बाढीमा बेपत्ता भएका सुनसरीको धरान–६ पानमाराका जियोलोजिस्ट मुकेश नेपालको परिवारसँग कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले भेटघाट गरेकी छन् ।
राज्यमन्त्री परियारले आइतबार मुकेशका बुबा केशव नेपाल, आमा मेनुका नेपाललगायत परिवारका सदस्यसँग भेट गरी दुःखमा प्रदेश सरकार साथ रहेको बताइन् ।
२०५५ साल मंसिर २३ गते जन्मिएका मुकेश भूगर्वविद् हुन् । उनी फेवा कन्स्ट्रक्सन जलविद्युत आयोजनामा कार्यरत थिए । अपर त्रिशूलीमा आएको बाढीपछि उनी बेपत्ता भएका हुन् ।
परिवारलाई भेट्न राज्यमन्त्री परियारसँगै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश), चोत्लुङ, सन्त तेम्बेलगायत नेताहरू पनि पुगेका थिए । उनीहरूले मुकेशको परिवारलाई सान्त्वना दिएका थिए ।

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य ...

जनसरोकारका विषय सुन् ...

इटहरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्य ...

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]