रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि सारमा राजनीतिक स्वार्थसिद्धिको दाउपेच लुकेको छ । निर्वाचन समितिद्वारा कार्यतालिका सार्वजनिक गर्दै असार २२ गते गर्ने भनिएको निर्वाचन हुन नसकेपछि संस्थाको वैधानिकतामै प्रश्न खडा भएको छ । अरू निकाय सङ्घ–संस्थाको वैधानिकता, अनियमिताबारे आलोचना गर्दै लेख्ने पत्रकारहरू आफ्नो छाता सङ्गठनको सवालमा भने जे गरे नि हुने भन्दै नाना रमिता देखाउन उद्यत छन् ।नेपाल पत्रकार महासङ्घ समाजको अगुवा पेसागत सङ्गठन हो । यस अर्थमा महासङ्घको निर्वाचन निस्
-मोहनप्रसाद ढकालदेशैभर नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुँदैछ । सबभन्दा पहिला त हामीले यो बुझ्नुपर्योकी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ हो । छाता संगठन भित्र पत्रकारीता गर्ने सबै श्रमजिवी पत्रकारहरुलाई एउटा निश्चित औचित्य मापदण्ड तय गरेर सबै पत्रकारहरुलाई छाता संगठन भित्र सदस्यता प्रदान गरिनुपर्दछ तर त्यो नभएर भात्रृ संगठन प्रेस युनियन र प्रेस संगठनको नाममा पार्टीको लवी बोकेका पत्रकारहरुलाई मात्र महासंघको सदस्यता दिने गरिन्छ । अनि पत्रकारीतामा स्वतन्त्रता खोजिन्छ, निष्पक्षता खोजिन्छ, पत्रकार भनेको स्वतन्त्र हुनुपर्दछ भन्ने अर्थ लगाइन्छ । पार्टीको लवी
- शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ
– राजन केडी नेपालका चर्चित क्रिकेट खेलाडी सोमपाल कामीप्रति प्रायः अन्तर्वार्ताकारको जिज्ञासा हुने गर्छ – ‘तपाईँ आफ्नो नामका पछाडि कामी लेख्ने गर्नुहुन्छ, यसका कारण कुनै नमिठो, अप्ठ्यारो अनुभव गर्नुभएको छ कि ?’जबाफमा सोमपालको भनाइ हुन्छ – ‘कसैले नामका पछाडि आफ्नो जातीय पहिचान जनाउने शब्द लेख्दा अरूलाई केको आपत्ति ? मेरा बारेमा अरूले के सोच्छन् वा भन्छन्, त्यो उनीहरूको कुरा हो । आफूले आफूलाई कसरी लिने, कसरी राम्रो गर्ने भन्नेतिर मेरो ध्यान हुन्छ । खेलाडीका रूपमा परिचय बन्दै गर्दा, सुरु–सुरुमा कसैले प्रष्ट नभने पनि जातीय रूपमा मप्रति थोरै फरक व्यवहार हुँ
दिपेन्द्रबहादुर क्षत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् । सरकारका नीतिमा परिवर्तन भइरहने (प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम् सीमा रु पाँच करोडबाट दुई करोडमा घटाइएको) बदलिएअनुसार सरकारका भाका बदलिने सरकारको पूँजीगत खर्चले सङ्घ, प्रदेश र स्थानीय तहको आधा पनि खर्च हुन नसकेको र आर्थिक गतिशीलता कम रहेको वस्तुगत परिस्थितिमा सम्मेलनको आलोचना नै भइरहेको छ । अघिल्लो सरकारका अर्थमन्त्रीले घोषणा गरेको यो
डिवि सी २९ औ जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही,इमान्दार र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु । आज २९ औं जनयुद्ध दिवस । जनयुद्ध नेपाली शोषित,पीडित जनताको प्रिया उत्सव हो। जहाँ जनयुद्ध शब्द सुन्दा प्रतिकृयावादी तथा साम्राज्यवादका दलालहरु र नेपाली जनताका सेवक नभई शासक बनेकाहरु साथै समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज
धमेन्द्र झाकाठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड) ले ठीक एक वर्ष पहिले देशको प्रमुख कार्यकारीका रुपमा सरकारको नेतृत्व प्रारम्भ गर्दैगर्दाको अवस्था आजको भन्दा नितान्त पृथक थियो । फरक गठबन्धन, फरक सङ्गत र फरक मान्यताका आधारमा ‘प्रचण्ड’ सरकार गठन भएको थियो । समय घर्किदै जाँदा ‘प्रचण्ड’ नेतृत्वको सरकारको गठबन्धन, स्वरुप र मान्यतामा परिवर्तन आएको थियो । देशको राजनीतिले फरक दिशा ग्रहण गरेको अनुभव सबैको थियो । वामपन्थको रस्साकस्सीको तनावको बीचबाट वामपन्थी (माओवादी) र लोकतन्त्रवादी दुवैले देश र समाजका लागि आफूहरुको मिलन आवश्यक भएको ठम्याइका आधारमा अस्तित्वमा आएको वर्तमान सरकारका च
‘स्त्री र पुरुषका बीचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य’ भनी नेपाली बृहत् शब्दकोशमा विवाह शब्दको परिभाषा गरिएको छ । नेपाली जनबोलीमा ‘बिहे’ पनि भनिने विवाह शब्दमा कार्मिक, वैधानिक, सामाजिक र आध्यात्मिक रूपमा दुई शरीरमात्र होइन, दुई आत्माको मिलन भन्ने अर्थ निहित छ । तर समयक्रममा विवाह शब्दको गरिमालाई विकृत बनाइएका थुप्रै उदाहरण छन् । नेपाली समाजमा सात दशकअघिसम्म छ–सात वर्षमै विवाह गर्ने चलन थियो । छोरीहरू महिनावारी हुनुअघि नै कन्यादान दिनुपर्छ भन्ने सनातनी हिन्दुहरूको मान्यता थियो । मुस्लिम समुदायमा पनि सानो उमेरमा विवाह गर्ने प्रचलन थि
कानुनको भाषामा जबरजस्ती करणी (जक) भनी परिभाषित बलात्कार एउटा जघन्य अपराधमात्र होइन, मानव सभ्यतामै कलङ्कका रूपमा लिन सकिने घटना (दुर्घटना) हो । यस्तो अनपेक्षित घटनाको कारक वा दोषी कुनै पनि अवस्थामा क्षमालायक हुँदैन ।तर विडम्बना जबरजस्ती करणीजस्तो कलङ्कित अपराधमा संलग्न दोषीलाई समाज, जात, धर्म, कुल, वंश, इज्जत, प्रतिष्ठा आदि जोगाउनुपर्ने ठेकेदारी–प्रथाको आवरणमा बचाउने (संरक्षित गर्ने) रणनीति अख्तियार हुने गरेको पाइन्छ । यसरी पीडकलाई उन्मुक्ति दिन (घटना सकेसम्म दबाउन) पीडितलाई प्रलोभन, बल, सम्पत्ति, डर–धाक, पद, कानुनी छिद्र आदि औजार प्रयोग गर्ने गरिन्छ ।यसको अर्को पाटोमा महिलालाई संवि
देशमा लोकतन्त्रको नाममा भाँडतन्त्र (छाडातन्त्र) आएको छ, जसको प्रमुख जबाफदेही अहिलेका अगुवाहरू नै हुन् । देश र जनताको अवस्था बिग्रिनुको ९० प्रतिशत दोष दलका नेताहरूको र १० प्रतिशत जिम्मेवारी सचेत नागरिकको भागमा पर्छ । यही अवस्था रहिरहने हो भने देश श्रीलङ्काजस्तो अवस्थामा पुग्न धेरै दिन लाग्दैन । कुनै समय सुनकै दरबार रहेको भनी गौरव गर्ने, सम्पन्न, दक्षिण एसियामा सबैभन्दा बढी साक्षरता प्रतिशत (९२.२) भएको मुलुक खराब नेतृत्वका कारण आज टाट पल्टिएको छ । देउसी-भैलोमा ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ भनेजस्तो अब नेपाली राजनीतिक दलका नेताहरूका सामु केवल दुई विकल्प बाँकी छ- कि सच्चिन