पति–पत्नीको दायित्व र दाम्पत्य जीवनसँग जोडिएको वैकल्पिक प्रश्न

  • कार्तिक ३०, २०८० / नेपाल रेखा
alt

‘स्त्री र पुरुषका बीचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य’ भनी नेपाली बृहत् शब्दकोशमा विवाह शब्दको परिभाषा गरिएको छ । नेपाली जनबोलीमा ‘बिहे’ पनि भनिने विवाह शब्दमा कार्मिक, वैधानिक, सामाजिक र आध्यात्मिक रूपमा दुई शरीरमात्र होइन, दुई आत्माको मिलन भन्ने अर्थ निहित छ । तर समयक्रममा विवाह शब्दको गरिमालाई विकृत बनाइएका थुप्रै उदाहरण छन् ।

नेपाली समाजमा सात दशकअघिसम्म छ–सात वर्षमै विवाह गर्ने चलन थियो । छोरीहरू महिनावारी हुनुअघि नै कन्यादान दिनुपर्छ भन्ने सनातनी हिन्दुहरूको मान्यता थियो । मुस्लिम समुदायमा पनि सानो उमेरमा विवाह गर्ने प्रचलन थियो । अझ तराई–मधेसको सीमान्तकृत मरिक (डोम) समुदायमा त दुई दशकअघिसम्म बालविवाह प्रथा कायमै थियो । सानोमा विवाह गर्न नसकिए उमेर बढेका छोरीका लागि उपयुक्त कुमार केटा पाउन सकिँदैन भन्ने धारणाले सो समुदायका अभिभावकले कानुनको आँखा छलेर भए पनि बालक छोराछोरीको विवाह गरिदिन्थे ।

शिक्षा, चेतना र कानुन पालनामा अभिवृद्धि भएसँगै हिजोआज बालविवाह गर्ने चलन लगभग शून्य छ । हिजोआज छोरा–छोरीलाई पहिले शिक्षित बनाउनु पर्छ, आफ्नो खुट्टामा उभिन सक्ने (आत्मनिर्भर) भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने मान्यता विकसित हुँदो छ । तथापि किशोर–किशोरीले आफूखुसी भागीविवाह गर्ने गरेका एकादुई घटना हुनेगरेकै छन् ।

शारीरिक विकास–क्रममा १३ वर्षदेखि १९ वर्ष चञ्चलता (उच्छृङ्खलपन) बढी हुने उमेर हो । यो उमेरमा आफूले गरेको कामको नतिजा सुरुमै थाहा नहुने वा थाहा भए पनि पछि जे होला देखाजाला भन्ने हेपाहा प्रवृत्ति हुने भएका कारण किशोरकिशोरीहरू प्रेम सम्बन्धमा फस्ने गर्छन् ।

व्यक्तिमा १२–१३ वर्षपछि यौन–अङ्गहरू विकसित हुँदै प्राकृतिक रूपमा यौन जिज्ञासा र इच्छा जागृत हुन थाल्छ । त्यसबेला ‘प्रेम’ आवरणमा हुने विपरीत–लिङ्गीप्रतिको आकर्षण अन्धो हुन्छ । भनिन्छ युवक–युवती प्रेममा परेपछि उनीहरूका लागि प्रेमीभन्दा ठूलो, राम्रो, जानकार र विश्वासिलो अर्को हुँदैन ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७० उपदफा (१) को (घ)मा विवाह गर्नका लागि केटा र केटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ भनिएको छ । कसैले २० वर्षभन्दा कम उमेरमा विवाह गरे–गराए सजायको भागीदार हुनुपर्छ । अभिभावकले छोरा–छोरीको बालविवाह गरिदिएमा वा कुनै युवक–युवतीले आपूmखुसी विवाह गरेमा प्रचलित नेपाल कानुनअनुसार दण्डित हुनुपर्छ ।

अपवादबाहेक १३÷१४ वर्षका किशोरीमा महिनावारी सुरु भइसक्छ । स्त्रीहरू महिनावारी भएपछि प्राकृतिक सङ्केतअनुसार विवाह (यौनसम्पर्क) योग्य मानिन्छन् । किशोरा उमेरमा अधिकतर स्त्री पुरुषतर्फ र पुरुष स्त्रीतर्फ अर्थात् विपरीतलिङ्गीप्रति आकर्षित हुने गर्छन् । जसले अध्ययनलाई प्राथमिकता दिन्छन्, उनीहरू प्रेम, यौन–आकर्षण वा त्यसखालका गतिविधिमा खासै चासो राख्दैनन् । जो अध्ययनभन्दा बढी फेसन वा शृङ्गारमा ध्यान दिन्छन्, आवरण सजाउने होडबाजीमा रहन्छन् तिनको विवाह समयमै गरिदिनु उत्तम हुन्छ । तर नेपालको कानुनले विवाहको उमेर २० वर्ष तोकेकाले त्यतिञ्जेल पर्खिन छोरा–छोरीलाई सम्झाउनुको विकल्प अभिभावकसँग हुन्न ।

२० वर्ष नाघेपछि युवक–युवतीमा आत्मनिर्भर हुनुपर्छ भन्ने सोचको विकास हुन्छ । परिश्रमी र परिस्थितिलाई बुभ्mने स्वभावका युवक–युवती केही काम गर्ने र आफ्नो कमाइ खाने सोचका हुन्छन् । यथार्थको धरातलमा उभिनसक्ने युवक–युवती पारिवारिक (दाम्पत्य) जीवन राम्रोसँग धान्न सक्ने हुन्छन् । काममा रुचि नराख्ने, घरको काम गर्दा सानो भइन्छ भन्ने सोच राख्ने, लवाइ–खुवाइमा अरूलाई जित्नैपर्ने सोच भएका युवक–युवतीको दाम्पत्य जीवन खासै सफल भएको पाइँदैन ।

म पढे–लेखेको, धनी वा उच्च पदवाला बाउआमाको छोरा–छोरी हुँ भन्ने सोच, अहम् भएका युवक–युवतीसँग विवाह गर्दा पारिवारिक जीवन जोखिमपूर्ण र दिक्दारीयुक्त हुनसक्छ । जतिसुकै सम्पत्ति भए पनि पति–पत्नीको शृृङ्गार, पहिरन र देखावटीपनमा अधिक खर्च हुने भएकाले त्यसै बिन्दुबाट समस्या सुरु हुन्छ । सान, मान, अहमका कारण धनाढ्य परिवार पनि बर्बाद (कङ्गाल) भएका अनेक उदाहरण छन् । सम्पत्ति, बल, रूप र पदको रापताप सकिन समय लाग्दैन ।

पढाइ र पद प्राप्तिको अहम्ले थुप्रै परिवार विखण्डित भएका छन्, दाम्पत्य सुख–शान्ति हराएको छ । पढाइ, ज्ञान–सिप त जीवन निर्वाहका लागि आवश्यक आय आर्जनको काम गर्न सजिलोका लागि हो, न कि पारिवारिक सुख–शान्तिमा बन्चरो हान्नका लागि । कतिपयले आपूm धेरै पढे–लेखेको, सहरमा बसेको, खानदानको छोरा–छोरी भन्ने नाममा सम्पत्ति स्वाहा पारेका छन् । तर जतिसुकै पढाइ, पद, पहुँच भए पनि मानिस सामाजिक प्राणी हो, समाजमा सबैसँग घुलमिल हुनुपर्छ, अप्ठ्यारो परिस्थितिलाई धान्न सक्नुपर्छ अन्यथा जीवन कष्टकर हुन्छ । समझदार, परिश्रमी र इमानदार व्यक्तिलाई परिवार चलाउन, पारिवारिक सुख–शान्ति कायम राख्न समस्या पर्दैन ।

मुलुकी देवानी संहिता २०७४ को दफा ८६ मा पति–पत्नीको सम्बन्ध र दायित्वबारे उल्लेख छ । सो दफाको उपदफा १ मा पति र पत्नीबीच आपसी प्रेम र सद्भाव हुनुपर्ने र उपदफा २ मा आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नुपर्ने भनिएको छ । उपदफा ३ मा पति र पत्नीले एक–अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने दायित्व स्मरण गराइएको छ ।

देवानी संहिताको दफा ९० मा सहमतिमा घर–व्यवहार चलाउन ध्यानाकर्षण गराइएको छ । सो दफाको उपदफा १ मा एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियतअनुरूप आपसी सहमतिको आधारमा घर–व्यवहार चलाउनु पर्छ भनी प्रष्ट लेखिएको छ । उपदफा २ मा पति–पत्नीका नाममा रहेको सम्पत्ति बिक्री तथा अन्य तवरले हस्तान्तरण गर्दा एक–अर्काको मन्जुरी लिनुपर्ने उल्लेख छ । कानुनमा भएको व्यवस्थाले पति–पत्नीबीच आपसमा सहमति, सहकार्य, सद्भाव, सम्मान हुनुपर्ने इङ्गित गरेको छ ।

कतिपय केटा–केटीले स्वर्णिम सपना सजाउँदै प्रेमविवाह गरेका हुन्छन् तर घर–व्यवहारमा अर्थात् कल्पनाबाट यथार्थको धरातलमा आएपछि भने के–के कुरामा मत मिल्दैन र आपसमा फाटो आउँछ । यो विग्रहको कारण मूलतः एकले अर्काको अवस्था नबुझेर हो । जस्तोसुकै परिस्थिति आए पनि मिलेर सहन एवम् समस्या समाधान गर्ने सोच भयो भने पति–पत्नीबीच वैमन्यस्य, कलहले ठाउँ पाउँदैन ।

आपसमा कुनै शङ्का उत्पन्न भए ‘न्याउरी मारी पछुतो’ शीर्षकको लोककथा सम्झना र मनन गर्दा परिवारिक आदर्श बचाइराख्न मद्दत पुग्छ । पति–पत्नीलाई एक रथका दुई पाङ्ग्राको उपमा पनि दिइएको छ । रथ राम्ररी चल्न दुवै पाङ्ग्रा बराबर, बलियो हुनुपर्छ । पति–पत्नी दुवैले आपसी दायित्व बुझेर काम गरे पारिवारिक रथ दुर्घटनारहित तरिकाले अघि बढ्छ ।

प्रेमविवाह होस् वा मागीविवाह, पति–पत्नी दुवैले एक–अर्काबीच विश्वासको वातावरण हुनुपर्छ । कसैले केही नकारात्मक कुरा सुनाए आपूmले त्यसको सत्यता परीक्षण गर्नुपर्छ । कागले कान लग्यो भनेको सुन्नासाथ कागको पछि दगुर्ने होइन, पहिले आफ्नो कान छाम्नुपर्छ भन्ने भनाइ नै छ । विशेष परिस्थितिबाहेक कतिपय पति–पत्नी आवश्यकताभन्दा बढी शङ्कालु हुन्छन् । अनावश्यक शङ्का पति–पत्नीको सम्बन्धमा चिसोपना बढाउने, फाटो ल्याउने कारण बन्छ । पति–पत्नी बीचमा सानातिना भनाभन हुनसक्छन्, जसलाई एकअर्काले पचाउन सक्नुपर्छ । कहिलेकाहीँ बाहिरका मानिसले भनेको त सहनुपर्छ भने पति–पत्नी बीचको भनाभन, मनमुटावलाई छताछुल्ल पार्नु हुँदैन ।

कतिपय महिला घरका मानिस (खासगरी पति)का खराब बानी तथा सानातिना कुरा माइतीमा सुनाउने गर्छन् । सामान्यजस्तो लाग्ने यस्तो व्यवहारले कालान्तरमा ठूलो रूप लिनसक्छ, जसले पति–पत्नीबीच चिसोपन बढ्ने वातावरण सिर्जना हुन्छ । पति–पत्नीलाई अर्धाङ्ग (आधा शरीर) पनि भनिन्छ । पति–पत्नीको शरीरदेखि व्यवहार, सम्पत्तिमा आधा हक हुने गर्छ । यससँग जोडिएको अधिकार र दायित्वलाई पति–पत्नीले राम्रोसँग बुझ्न आवश्यक छ ।

विवाहपछि पति–पत्नी बिरामी हुन सक्छन्, कुनै ठुलो समस्या आउन सक्छ । तर त्यसमा धैर्य, आपसमा सहयोगी भावना र प्रेम रह्यो भने दाम्पत्य जीवन सफल हुनेछ । बिरामी भयो भनेर पतिले पत्नीलाई छाडिदिनु, पत्नीले पतिलाई छाडिदिनु अपराधसरह हुनेछ ।

अधिकतर महिलाहरू विवाहपछि पतिलाई आफ्नो ‘नियन्त्रण’मा राख्न चाहन्छन् । अपवादबाहेक पुरुषहरूले स्वीकार गर्नुपर्ने हुन्छ । कतिपय महिलाले विवाह गरेपछि पतिका खराब बानी (चुरोट, मादक पदार्थ खाने, खराब सङ्गतमा लाग्ने, झगडा गर्ने आदि) छुटाएको पाइन्छ । पतिलाई लोकसेवा दिन प्रेरित गर्दै योग्यताअनुसार पदमा उत्तीर्ण गराएर पारिवारिक जीवन सुखद् बनाएका उदाहरणहरू पनि छन् । यस्ता सकारात्मक नतिजाका लागि पत्नीले भनेका कुरा स्वीकार गर्नु अन्यथा होइन ।

कतिपय अवस्थामा पत्नीको ‘नियन्त्रण’मा बस्नु, पत्नीले जे भन्यो त्यही मान्नु सम्भव नहोला तर सम्भव भएसम्म पत्नीको भनाइ मान्नु नै बुद्धिमानी हुन्छ । पुरुषको थर, नारीको घर भन्ने नेपाली उखानै छ । गृहलक्ष्मी पनि भनिने महिलाहरू घरभित्रको कुरामा पुरुषको तुलनामा निपूर्ण हुन्छन् । यस अर्थमा घर–व्यवहारका कुरामा पुरुषहरू महिलाको सुझावमा बस्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।

दाम्पत्य जीवन राम्रो बनाउन पत्नीबाट पतितर्फका नातेदार–मित्रहरूप्रति सम्मानजनक व्यवहार अपेक्षित हुन्छ । फलानो यस्तो–उस्तो भनेर कुरा काट्नाले अपमानबोधको बिजारोपण हुन्छ । पतिले पनि ससुरालीतर्फका कुनै कमी–कमजोरी भए पत्नीका आफन्तलाई प्रत्यक्ष भन्नु हुँदैन, घरतर्फ सुनाउनु हुँदैन । समान नाता लाग्ने भएकाले विवाहपछि पति–पत्नी दुवैको परिवारतर्फ दुवैबाट सम्मानजनक व्यवहार हुनुपर्छ । ससुरालीतर्फका आफन्त पाहुना आउँदा पतिले र घरतर्फका मानिससँग पत्नीले झर्कोफर्को गरेमा दाम्पत्य जीवन सफल हुन सक्दैन ।

दाम्पत्य जीवन सफल (आदर्शमय) बनाउन पति–पत्नीले एकअर्कालाई प्रसन्न (खुसी) राख्न हरसम्भव प्रयास गर्नुपर्छ । पतिले जहिले पनि पत्नीले के कुरा मन पराउँछिन्, कस्तो व्यवहार मन पर्छ त्यसमा ध्यान दिनुपर्छ । चिन्तामा पर्दा, थकाइ वा दिक्दारीका बेला चुटकिला भनेर हँसाउँदै, विगतका रमाइला प्रसङ्ग स्मरण गराउँदै एकअर्कालाई पुनःताजगी (रि–फ्रेस) गराउन सकिन्छ । पति–पत्नीले बिरामी हुँदा वा दुर्घटनामा पर्दा के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसमा विशेष ध्यान दिनुपर्छ । पति–पत्नीले गरेका काममा एकले अर्कालाई साथ–सहयोग दिनुपर्ने हुन्छ । पत्नीलाई आमापछि सबैभन्दा बढी माया गर्ने पति नै हो भनिन्छ । यही कुरा पतिका हकमा पनि लागू हुन्छ ।

घरपरिवारमा आफ्नो रबैया देखाउने, अरूले गरेको कामको खिलाफ गर्ने कसैको बानी हुन्छ । पति–पत्नी जसमा यस्तो बानी भए पनि त्यो तुरुन्त छाडिदिनु पर्छ । पति–पत्नीले एकअर्कालाई अरूकी पत्नी तथा पतिको व्यवहार र रूपसँग तुलना गर्नु मूर्खता हुनेछ । पति–पत्नीमा जे छ त्यो राम्रो, सुन्दर, भरिपूर्ण ठान्नाले मनमा विषाद उत्पन्न हुन पाउँदैन । जतिसुकै व्यवस्त भए पनि बेला–बेलामा छुट्टी (समय) मिलाएर नयाँ ठाउँमा घुम्न जाने, बेलुका कम्तीमा एक घण्टा एकअर्काका कुरा सुन्ने–सुनाउने समय मिलाउनु पर्छ । परिवार राम्रोसँग चलाउन जीवनशैलीलाई सामान्यीकरण गर्नुपर्छ । प्रेममा यदाकदा हार्नुपर्ने पनि हुनसक्छ, त्यसलाई स्वाभाविक मान्नुपर्छ ।

दाम्पत्य जीवनको भविष्य आपसीे सम्झौतामा आधारित हुन्छ । पति–पत्नीबीचको विवादमा जुन पक्षको हार वा जित भए पनि त्यो आफ्नै हो भनी सोच्नाले पीडा अनुभव वा तनाव उत्पन्न हुन पाउँदैन । आपसी छलफल, समझदारी नै विवाद निरूपणको मूल आधार हो । छोराछोरी कति जन्माउने, कति अन्तरमा जन्माउने, छोराछोरीको पालनपोषण रेखदेख आफैँले आलोपालो गर्ने वा सहयोगी राखेर गर्ने आदि सन्दर्भ समन्वयमा निर्धारण हुनुपर्छ । वस्तु वा सम्पत्ति खरिद–बिक्री गर्दा सरसल्लाह अनि सङ्घ–संस्थाका गतिविधिमा सक्रिय हुँदा एक–अर्कालाई समन्वय गर्नाले दाम्पत्य जीवनमा समस्या आउँदैन ।

पहिले खासगरी पुरुषले बहुविवाह गर्नुलाई समाज तथा कानुनले सहज मान्थ्यो । अहिले बहुविवाह सामाजिक–कानुनी दुवै दृष्टिले अपराध मानिन्छ । यो उदाहरणले प्रष्ट पार्छ, तीन–चार दशक अघिको र आजको नेपाली समाजको सोच तथा व्यवहारमा धेरै परिवर्तन भइसकेको छ । त्यही परिवर्तन आत्मसात गर्दै पति–पत्नीको दाम्पत्य जीवन, घरपरिवारको गाडी सम्झौतामा चल्नु–चलाउनुपर्ने हुन्छ ।

परिवार चलाउने र आपसी विश्वास कायम राख्ने कुरामा पति–पत्नी दुवैले होसियारी अपनाउनु पर्छ । एकले अर्काको समस्या बुभ्mदै, एकअर्काको अस्तित्व स्वीकार्दै सुझबुझसाथ अघि बढे जीवन आनन्ददायी हुन्छ । कामको सिलसिलामा कसैबाट कुनै गल्ती हुनसक्छ । जसको गल्ती भए पनि स्वीकार गर्ने र आगामी दिनमा गल्ती नदोह¥याउने प्रतिबद्धता हुनुपर्छ । गल्ती जोबाट पनि हुनसक्छ, यसलाई गलत ढङ्गले लिनु र गल्ती दोहो¥याउनु मूर्खताबाहेक केही होइन ।

शारीरिक रूपमा व्यक्ति होचो–अग्लो, मोटो–पातलो, श्याम वर्ण–गोरो वर्ण, हिस्सी परेको–सामान्य आदि हुन्छ नै तर सकारात्मक सोच, समझदारी, व्यावहारिकता, सहयोगी भावना विश्वासको वातावरण, समाजसँग अन्तरघुलन भएमा दाम्पत्य जीवन सफल हुन्छ । पति–पत्नीमध्ये कोही २० पटक सम्झाउँदा पनि बुझ्दैनन्, समझदारीमा आउँदैनन्, आफ्नो कुरा वा निर्णयलाई माथि पार्नैपर्ने अहम् राख्छन् भने त्यस्तासँगको सम्बन्ध लामो हुँदैन । बरू त्यस्तो सम्बन्ध व्यावहारिक र कानुनी रूपमा सुरुमा नै तोडिदिनु उचित हुन्छ, अन्यथा बीचमा धोका वा जीउ–ज्यानमै खतरा हुनसक्छ ।

फरक–फरक परिवार र समाजमा हुर्केका युवक–युवती एक परिवार हुने क्रममा धेरै कुरा बेमेल हुन्छ नै । विद्यमान फरकपनलाई सहज बनाउने उपायको खोजी गर्ने, आपसमा सरसल्लाह, सहमति, सहकार्य गर्ने, एकले अर्काको अस्तित्व, मर्म र भावना बुभ्mने विश्वासयुक्त वातावरण भएमा परिवार सहज ढङ्गले चल्छ । निहित स्वार्थपूर्तिका लागि पति–पत्नीबीच फाटो ल्याउन आफन्त–छरछिमेकले नभएका कुरा लाउने गरेका थुप्रै उदाहरण छन् । यस्ता कुराबाट जोगिनु पर्छ ।

विवाह गर्दा सकेसम्म ३२ लक्षणयुुक्त बर–वधु (केटा–केटी) खोजी गरिन्छ । तर व्यक्ति त के ईश्वर पनि पूर्ण हुँदैनन् भन्ने आम–मान्यता छ । यसको अर्थ यही हो कि बढीभन्दा बढी सुलक्षणयुक्त पति–पत्नी भएमा आपसमा समझदारी र प्रेमले प्राथमिकता पाउँछ, जसको बलमा दाम्पत्य जीवन आनन्दले अघि बढ्छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]