-मोहनप्रसाद ढकाल
देशैभर नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुँदैछ । सबभन्दा पहिला त हामीले यो बुझ्नुपर्योकी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ हो । छाता संगठन भित्र पत्रकारीता गर्ने सबै श्रमजिवी पत्रकारहरुलाई एउटा निश्चित औचित्य मापदण्ड तय गरेर सबै पत्रकारहरुलाई छाता संगठन भित्र सदस्यता प्रदान गरिनुपर्दछ तर त्यो नभएर भात्रृ संगठन प्रेस युनियन र प्रेस संगठनको नाममा पार्टीको लवी बोकेका पत्रकारहरुलाई मात्र महासंघको सदस्यता दिने गरिन्छ ।
अनि पत्रकारीतामा स्वतन्त्रता खोजिन्छ, निष्पक्षता खोजिन्छ, पत्रकार भनेको स्वतन्त्र हुनुपर्दछ भन्ने अर्थ लगाइन्छ । पार्टीको लवी नभएका पत्रकारहरुलाई छानी छानी एकएक ओटा अड्को थापेर महासंघको सदस्यता हुन बाट रोक लगाइन्छ । जसको सिकार पंतिकार बनेको छ । २०७५ साल भन्दा अघि पंतिकार प्रेस यूनियनको सदस्य भएको त्यस ताका नेपाली कांग्रेसको पार्टीगत सदस्य पनि रहेको अवस्था थियो । खोजि खोजि प्रेस यूनियनको सदस्य दिलाइयो पार्षदमा चयन भएर पोखरा अधिवेशनमा सहभागी भएर भोट खसालियो ।
जब पत्रकारितामा निष्पक्षताको खाचो छ, अनुशासन र स्वतन्त्रताको खाचो छ भन्ने अर्थ बुझेपछि पंतिकारले राजनीतिक गतिविधिटाढा रहने निधो गरि स्वतन्त्र भएर पत्रकारीता गर्न थाले पछि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु र प्रेस युनियनका विभिन्न पदमा आसिन व्यत्तित्वहरुबाट फरक व्यवहार हुन थाल्यो ।
कसैले कुनै राजनीतिक दलको भात्रृ संगठनमा आवद्ध नभइकन देश र जनताको पक्षमा कलम चलाउन नपाउने हो संविधानमा त्यस्तो व्यवस्था गरेको पाइदैन ? स्वतन्त्र नागरिक भएर पत्रकारित गर्न चाहने कसैको दबाब र रवाफमा रुमलिन नचाहने व्यक्तिको नैसर्गिक अधिकार पनि हो । पत्रकारले कुनै आस्था राख्न सक्छ , आस्थाका आधारमा भोट हाल्न सक्छ तर सिदै राजनीतिक दलको अरौटे भरौटै हुनु भएन भन्ने मान्यता पंतिकारको हो । पत्रकारले समाचार लेखेर धेरैलाई न्याय दिएका उदाहरण छन् । पत्रकारले निश्पक्ष ढंगले निडर भएर कलम चलाएका खण्डमा देशमा भएको घुस, भ्रष्टाचार अनियमितता, कालोबजारी, तस्करी हटेर जाने छ ।
पंतिकारको ठम्याई पत्रकार पनि कुनै विचारबाट प्रभावित हुन सक्छ तर पत्रकारको हैसियतमा कलम चलाउँदा पत्रकारले सिर्फ देश र जनता सम्झेर कलम चलाउने हो । काँग्रेसका नेताको चाहना अनुसार संचालित प्रेस युनियन , एमाले नेताको आसिर्वाद अनुसार संचालित प्रेस चौतारी , नेकपा माओबादी केन्द्रको आशिर्वाद पाएको प्रेस सेन्टर आदी विभिन्न दलहरुमा आबद्ध भएर काम गरेका हरुले अपबाद बाहेक आप्mनो नेतालाई असर खालका समाचार लेख्न सक्दैनन् । देशमा अनियमितता, कालोबाजारी, भ्रष्टाचार बढेर जानुको कारण हो ।
पत्रकार कुनै पनि दलको पक्षधर नभईकन स्वतन्त्र, निडर, निष्पक्ष भएर कलम चलाउन सक्नु पर्छ । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका ३ अंगले गरेका गलत कार्यहरु औल्याउने अंग भनेको पत्रकारीता हो यसैले गर्दा पत्रकारहरुलाई चौथा अंग भनेरु संकेत गर्ने गरीएको छ । कतिपयले नबुझेर चौथो अंग भनेर संविधानमा व्यवस्था हुनु पर्छ संविधानमा लेखिनु पर्छ भन्ने गरेका छन् त्यो सरासर .गलतहो तीन अंगलाई ऐच्याउने भएकाले सांकेतिक रुपमा चौथो अंग भनिएको हो । पत्रकारीता भनेको जहिले पनि स्वतन्त्र, निष्पक्ष र निडर हुनु पर्छ भन्ने विश्व व्यापी मान्यता रहेको छ ।
देशमा कुनै पनि दलमा आवद्ध नभएका पत्रकारहरुको पवित्र संगठन पनि छ जुन संगठनको नाम स्वतन्त्र पत्रकार संघ रहेको छ । हाल सो संगठनको अध्यक्ष कृष्ण प्रसाद वास्तोला हुनु हुन्छ । स्वतन्त्र पत्रकार संघका शाखाहरु देशको ४० भन्दा बढी जिल्लामा रहेकाछन् । पंतिकार स्वतन्त्र पत्रकार संघमा आवद्ध रहेको अवस्था छ र नेपाल पत्रकार महासंघको सदस्यता लिन पटक पटक आवेदन गर्दा हाल सम्म सदस्यता नपाएको अवस्था छ । हुन सक्छ कुनै भात्रृ संगठन संग आवद्ध भएको भए भात्रृ संगलनले च्याप्ने थियो र सदस्यता दिलाउने थियो होला तर पंतिकार स्वतन्त्र भएका कारण महासंघको सदस्यता पाउन नसकेको अवस्था घाम जत्तिकै छर्लङ्ग छ ।
नेपाल पत्रकार महासंघ समग्र पत्रकारहरुको हक हितका लागि बनेको छाता संगठन हो राज्यले खास सेवा सुविधाहरु, पुरस्कारहरु, उपचार खर्च पत्रकारहरुको विमाको व्यवस्था आदी नेपाल पत्रकार महासंघ मार्फत उपलब्ध गराउने गरेको पाइन्छ कारण राज्यले नेपाल पत्रकार महासंघलाई मात्र चिन्दछ र नेपाल पत्रकार महासंघमा अधिक मात्रमा सदस्य रहेका छन् ।
पत्रकारले यी यस्ता विभिन्न कराणले गर्दा नेपाल पत्रकार महासंघको सदस्य हुन अनिवार्य झै भएको पाइन्छ । दुःखको कुरा नेपाल पत्रकार महासंघको सदस्य हुन भित्रि तवरले पार्टीको लवी खोजिदो रहेछ । दल संग निकट रहेका विभिन्न संगठनको लविङ विना नेपाल पत्रकार महासंघको सदस्यता लिन सम्भव नहुने रहेछ । सरकारले घुमाएर फिराएर पत्रकारलाई कुनै न कुनै राजनीतिक दलको त्यसमा पनि ठूला चल्ता पुर्जा दलको निकट रहेका पत्रकारहरुको संदस्यता हुनु पर्ने अनिवार्य झै गरीको छ । स्वतन्त्र पत्रकार संघको सिद्धान्त राम्रो छ नारा पनि राम्रो छ पत्रकार बन्नु त स्वतन्त्र बन्नु । तर स्वतन्त्र पत्रकार संघलाई नेपाल सरकारले चिनेको पाइदैन । यहाँ लवीङले स्वतन्त्र पत्रकार हुन घुमाउरो ढंग्ल्े अंकुश लगाएको अवस्था छ । जहाँ अंकुश त्यहाँ निष्पक्षता र स्वतन्त्रता हराउँछ । त्यही भएर होला पत्रकार महासंघको सदस्यता पाउन बाट पंतिकार जस्ता धेरै पत्रकारहरु बन्चित भएका छन् ।
नेपाल पत्रकार महासंघको सदस्यता बन्न आवस्यक सबै मापदण्ड पुरा गरेको भए पनि महासंघले सदस्यता नदिएको अवसथा छ । नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरुले गरेको निणर्य हेर्दा सुन्दा सबै अचम्वीत हुन्छन् पंतिकार कागजी रुपमा साप्ताहिक पत्रिकारमा आवद्धता भए समाचार तथा लेखहरु पूर्वीहटलान दैनिक र श्रीजनमत साप्ताहिकमा समेत लेख्ने गरेकोमा सदस्यता नदिने कारणमा सञ्चार गृह एक आर्टीकल अरु पत्रपत्रिकामा भनि तोक आदेश लगाएर सदस्यता लिनबाट रोक लगाइएको अवस्था छ । सम्बन्धीत सञ्चार गृहबाट छापिएका आर्टीकल समाचारहरु पेश गर्दा पनि सदस्यता दिइएन । पत्रकारले आर्थिकल जुन संचार माध्यममा पनि लेख्न सक्छन् र सम्झौता अनुसार जुन संचार माध्यममा पनि समाचार लेख्न सकिन्छ भनने कुरा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई थाहा रहेनछ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष लगायत कार्यस समितिका पदाधिकारी तथा सदस्यहरु न आफू जान्दछन् नत अरुले भनेको मान्दछन् ।
सञ्चार गृहले हाम्रो सम्वाददाता भनि सिफारिस गरिसकेपछि प्रकाशित आर्टीकलहरु पेश भईसकेपछि सम्वाददाता एउटा पत्रिकाको प्रकाशित आर्टीकल अर्को पत्रिकामा भनि यती फितलो निणर्यबाट महासंघको सदस्यता हुन बाट वञ्चित गर्नु लज्जास्पद कुरा हो । यस्ता आधार हिन फितला निणर्य तथा तोक आदेशलाई नेपाल सत्रकार महासंघ केन्द्रीय कार्य समितिले सच्याउनु पर्ने हुन्छ । यसरी पाटीगत राजनीति स्वार्थयुक्त गठबन्धनले श्रमजिवी पत्रकारको हक हित कसरी हुन्छ यसमा के कुन आधारमा नेपाल पत्रकार महासंघलाई विस्वास गर्ने हो नेपाल पत्रकार महासंघका केन्द्रीय, प्रदेश र जिल्लाका नेतृत्व गरी रहनु भएका पदाधिकारीहरुले जवाफ दिनु चित्त बुभ्mने जवाफ दिनु पर्छ । अरुले गरेको गल्ती केलाउने निकायले आफुले सके सम्म गल्ती निणर्यहरु गर्नु हुदैन कथंकदाचित गरीहाले पनि तत्काल सच्याउनु पर्छ सच्याउने प्रतिवद्धता गर्नु पर्छ । हरकोही कलम जिवी, लेखक श्रमजिवि पत्रकार हुन् महासंघको सदस्यता लिन पाउनु पर्दछ ।
नेपाल पत्रकार महासंघमा पेशागत हित भन्दा पनि राजनीतिको बाहुल्यता रहेको छ । त्यसैले आज पनि संविधानको प्रस्तावनामा लेखिएको पुणर्प्रेसस्वतन्त्रता संविधानका पानामा सिमित रहेको छ व्यवहारमा लागु भएको छैन । यीनै कारणले गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पात्रकारलाई आप्mनो स्वार्थ अनुसार उपयोग गर्ने ठानेको पाइन्छ । लोकतन्त्र स्थापना भएको ३४ वर्ष विति सक्दा पनि आज पत्रकराहरुको सुरक्षमा उत्तीकै खतरा छ यसको मुल कारण नेपाल पत्रकार महासंघमा नेतृत्व गर्ने व्यक्तितवहरुले पत्रकारहरुको हक हित र सुरक्षलाई भन्दा पनि आप्mनो आस्था अनुसारको नेतालाई कसरी रिझाउने भन्नेमा चिन्ता रहने गरेकाले पत्रकार असुरक्षित हुनु परेको छ । पब्लीकेशनका संचालक कैलाश सिरोहियालाई झुटो विवरण पेश गरी नागरिकता लिएको विषयमा छानविन गर्न लाग्दा राजनीतिक दलले कारबाही गर्नु हुदैन भनेर खुलेर विरोध गर्यो ।
कुनै राजनीतिक आस्थाको संगठनको सदस्यता लिए पछि पत्रकार तथा संचार गृहका संचालकलाई कानुन नलाग्ने जे गरेनी हुने यो कस्तो अचम्म ? नागरिकताको विषयलाई लिएर छानविनका लागि सिरोहियालाई राज्यले पकडाउ गर्दा पार्टी र पत्रकार जगतमै प्रेस स्वतन्त्रता हनन् भनी भुईचालो आयो । यसरी किर्ते नागरिकता बोकेर कुनै कसैले सञ्चारगृह संचालन गर्न पाउछन् संचारगृहको संचालकलाई कानुन लाग्दैन भनेर संविधानमा लेखिएको छैन ।
, कपोल कल्पित झुटो समाचार संप्रेशन गरेर व्यक्ति र राजनीति माथी सौदावाजी गरि रहँदा राज्यले टुलु टुलु हेरर बस्नु पर्ने ? निश्पक्ष ढंगले कलम चलाएर पसिनाको कमाइमा बाँच्ने पत्रकारहरु सरकारका यस्ता हर्कतबाट प्रताडित भएकाछन् । वर्तमान अवस्थालाई हेर्दा निष्पक्ष पत्रकारीता र स्वतन्त्र पत्रकारीतालाई अंकुश लगाएको भन्न सकिन्छ । चौथो अंग भनेर भन्ने भन्दा पनि पत्रकारहरुलाई सिप नहुनेलाई सिप दिने बेराजगार भएकाललाई रोजगार लिने गरिनु् पर्छ । श्रमजीवि पत्रकारलाई राष्ट्र निर्माणमा, व्यथिति, विसंगती र विकृति विरुद्ध लड्ने स्वतन्त्र अधिकार सुम्पनु पर्दछ त्यसो भएमा मात्र प्रेस स्वतन्त्रता र चौथो अंगको अर्थ लाग्छ । महासंघ पत्रकारहरुको स्वतन्त्र छाता संगठन हुनु पर्दछ । तब मात्र श्रमजीवी पत्रकारहरुको अधिकार प्राप्तीको खोजी हुन्छ । राष्ट्र, राजनीति, शुसासन र विकाशले फ्डको मार्दछ ।