पत्रकारितामा एआई प्रयोगबारे दुईदिने प्रशिक्षण सम्पन्न

  • जेठ २५, २०८३ / नेपाल रेखा
alt

धनकुटा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम पर्यटकीय स्थल भेडेटार सम्पन्न भएको छ ।
जेठ २४ र २५ गते आयोजित कार्यक्रममा इनरुवा, धरान र इटहरीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग प्राप्त भएको थियो ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाका सचिव विनय बाह्रकोटीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष सन्तोष काफ्लेले गरेका थिए । कार्यक्रममा एआई प्रशिक्षक सन्तोष सुवेदीले पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग, समाचार संकलन, सामग्री निर्माण तथा तथ्य परीक्षणका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख केशबकुमार थेबेले साइबर अपराधका बढ्दो चुनौती, डिजिटल सुरक्षाका उपाय तथा पत्रकारहरूले साइबर अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रस्तुति दिएका थिए । पत्रकार रोमा रिजालले पत्रकार महिलाले पेशागत जीवनमा भोग्नुपरेका चुनौती, अवसर र समाधानका उपायबारे आफ्नो प्रस्तुती राखेकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पछिल्लो समय पत्रकारिता क्षेत्रमा केही विकृति देखिएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि पत्रकारहरूबीच एकता आवश्यक रहेको बताए । उनले पत्रकार स्वयं पनि जिम्मेवार र अनुशासित बन्नुपर्नेमा जोड दिँदै पत्रकारिताको दुरुपयोग गर्ने व्यक्तिलाई महासंघले कारबाही गर्ने स्पष्ट पारे ।
अध्यक्ष खड्काले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघ निरन्तर क्रियाशील रहेको बताउँदै बदलिँदो प्रविधिसँगै पत्रकारिता क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले एआईजस्ता नवीन प्रविधिको सदुपयोग गर्दै गुणस्तरीय, विश्वसनीय र उत्तरदायी पत्रकारिताको विकास गर्न सहभागी पत्रकारहरूलाई आग्रह गरे ।
प्रशिक्षण कार्यक्रमले पत्रकारहरूलाई एआई, साइबर सुरक्षा तथा समसामयिक पत्रकारिताका विविध पक्षबारे ज्ञान र सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागी पत्रकारहरूले बताएका छन् ।

विद्युत् महुसुल बक्य ...

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल व ...

सुपारीखेतीमा इलामका ...

इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर ...

शिक्षामन्त्री पोखरेल ...

काठमाडौँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तक ...

बाह्रसिंगा ...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]