खेलकुद

    Showing 81-90 of 127 items.
  • नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भन्नुभयो, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”प्रधानमन्त्री (प्रचण्ड)को निर्देशनबमोजिम उपप्

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 177 पटक पढिएको
    • नेपाल रेखा
  • २२ बैशाखमा रारा म्याराथन

    काठमाडौं । रारा म्याराथन यही बैशाख २२ गते हुने भएको छ । मुगुको प्रख्यात रारा तालबाट सुरु हुने यो म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन् । म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदैं चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ । त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ । यस म्याराथनको महत्वपूर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ क

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 437 पटक पढिएको
    • नेपाल रेखा
  • ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

    विराटनगर । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ ।विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो । १११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा सन्दिप रजालीले बिस्पोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 296 पटक पढिएको
    • नेपाल रेखा
  • बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

    नमीन ढकालइलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका–३ स्थित सातखाल्डे खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३–२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । बिजेता बनेको फिक्कलले १ लाख ५१ हजार र उपविजेता बुट्टाबारीले ८१ हजार प्राप्त गरेको छ । खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औं मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए । खेलको ५२ आंै मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे&

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 254 पटक पढिएको
    • नेपाल रेखा
  • खेलकुद क्षेत्रमा राजनीति मिसाउन नहुने–मुख्य मन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गर्नुभयो ।त्यसैगरी उहाँले विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आए पनि प्रदेशक

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

    विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए । दिल्लीका मोहित पाण्डेले सर्वाधितक ५ विकेट लिए । उन

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 184 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

    विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पुर्याउन महत्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मानपत्र गरेको हो । त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालल

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 233 पटक पढिएको
    • नेपाल रेखा
  • ६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । ६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुर्नुपर्यो ।विराटनगर

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

    मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए ।

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • क्यामरुन क्लब सेमिफाइनलमा

    भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम सोमबारको खेलमा बशाहा युथ क्लब उदयपुरलाई चार गोल बोकाउदै एभिनीयर एफसी क्यामरुन विजयी भएको छ । क्यामरुनका जर्सी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जर्सी नं. १० का तीम्बाले ६८ औँ मिनेटमा, जर्सी नं. १५ एन सन्गौँले ७३ औँ मिनेटमा र जर्सी नं. ४ का बोयोमोले ८० मिनेटमा गोल गरेपछि क्यामरुन सेमीफाईनलमा प्रवेश गरेको छ । यस्तै वसाहा युथ क्लबका खेलाडीले प्रतिश्पर्धात्मक खेलमा पोल एटेम निकै गरे प

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 191 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]