भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम सोमबारको खेलमा बशाहा युथ क्लब उदयपुरलाई चार गोल बोकाउदै एभिनीयर एफसी क्यामरुन विजयी भएको छ । क्यामरुनका जर्सी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जर्सी नं. १० का तीम्बाले ६८ औँ मिनेटमा, जर्सी नं. १५ एन सन्गौँले ७३ औँ मिनेटमा र जर्सी नं. ४ का बोयोमोले ८० मिनेटमा गोल गरेपछि क्यामरुन सेमीफाईनलमा प्रवेश गरेको छ । यस्तै वसाहा युथ क्लबका खेलाडीले प्रतिश्पर्धात्मक खेलमा पोल एटेम निकै गरे पनि गोल भने गर्न सकेनन् । सोमबार भएको खेलमा क्याम्रुनका नग्वीनी म्यान अफ द म्याच घोशित भएका छन् । मंगलबारबाट सेमीफाईनलको खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले बताए । चैत्र १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधी सहितनगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । अर्जुन बस्नेतबाट