खेलकुद क्षेत्रमा राजनीति मिसाउन नहुने–मुख्य मन्त्री कार्की

  • चैत २३, २०७९ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताउनु भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन गर्नुभयो ।
त्यसैगरी उहाँले विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आए पनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो–‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीन वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’
मुख्य मन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी २÷३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । उक्र सम्मान कार्यक्रम कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार, प्रिय राईलाई एक लाख नगद् डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार, निमा जिसीलाई १५ हजार, अंशु मण्डललाई, रंजु चौधरी र पूजा चौधरीलाई पाँच हजार नगद सहित सम्मान गरिएको थियो ।

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]