बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

  • वैशाख ३, २०८० / नेपाल रेखा
alt

नमीन ढकाल
इलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका–३ स्थित सातखाल्डे खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३–२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । बिजेता बनेको फिक्कलले १ लाख ५१ हजार र उपविजेता बुट्टाबारीले ८१ हजार प्राप्त गरेको छ ।
खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औं मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए । खेलको ५२ आंै मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे । ५८ औं मिनेटमा शेखर राईले खेल ३–१ बनाए । ६६ औं मिनेटमा रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन । प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बू घोषित भए । उनीहरुले जनही ४ हजार प्राप्त गरे । प्रतियोगिताको उदियमान खेलाडी देउराली स्र्पोटिङ क्लबका निशान राई घोषित भए । देउराली स्र्पोटिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो । अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे । चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]