विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

  • चैत १८, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पुर्याउन महत्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मानपत्र गरेको हो । त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पु¥याउन सफल भएका थिए । कँडेलकै कारण नेपाल युथ–१९ विश्वकपमा पुग्न सफल भएको छ । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर जनही १ लाख १ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका थिए ।
सो अवसरमा मन्त्री राजभण्डारीले खेलकुदले देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए । त्यस्तै मेयर कोइरालाले खेलकुदमार्फत विराटनगरको प्रतिष्ठालाई माथि उकास्न योगदान गरेका कारण महानगरले नगदसहित राजवंशी र कँडेललाई सम्मान गरेको जानकारी गराए । उनले विश्वका जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिने धारणा राखे । “नेपालभन्दा युएई निकै धनी र शक्तिशाली छ तर नेपालले उसलाई जित्न सफल भएको छ,” मेयर कोइरालाले भने, “उहाँहरुलाई हौसला होस भनेर महानगरले सम्मान गरेको हो ।”
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले खेलाडीहरुको उज्वल भविष्यको शुभकामना दिएका थिए । सो अवसरमा विश्वका महान् फुटबल खेलाडी पेलेको अर्धकदको मूर्ति निर्माण गरी विराट गोल्डकप स्थल शहीद रंगशालामा निःशुल्क रुपमा स्थापना गरिदिने अभिशेक तिम्सिनालाई समेत सम्मान गरिएको थियो ।

kheladi samman ko photo (2)

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]