ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

  • वैशाख ४, २०८० / नेपाल रेखा
alt

विराटनगर । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।
उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।
१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा सन्दिप रजालीले बिस्पोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
यस्तै वासिर एहमद १८ बलमा २ चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए ।
बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १(१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरु ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए ।
आर्मीका बिक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।
प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । उनले खेलअवधीभरीमा ११५ रन बनाएका थिए । यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले १०५ रन र ४ विकेट लिएका थिए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।
नेपाल क्रिकेट संघका अध्यक्ष चर्तुरबहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव विप्लप घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायले पुरस्कार वितरण गरेका थिए ।
विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागि रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]