बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ ।वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडा
झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर–४ मा क्रियाशिल साना किसान सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा अन्य किसानको घर घरमै आवश्यक मल बीउ पु¥यान सुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिदै जाँदा किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घर–घरमा पु¥याउन थालेको हो । किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घर–घरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले बताएका छन् । “सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु&y
काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उहाँले बताउनुभयो । यस्तै मनाङ मस्र्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् । लकडाउनअघि घर गएकी मगर
इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ
धनकुटा । धनकुटाको महालमक्ष्मी नगरपालिकाको जितपुर बजारमा धनकुटा उद्योग बाणिज्य संघले व्यापारी तथा उपभोक्ताहरुलाई सुरक्षित समाग्री वितरण गर्दै बजार अनुगमन गरी महालक्ष्मी नगरपालिकाका प्रमुखसंग छलफल गरेको छ ।दैनिक उपभोग्य सामाग्रीहरुको निर्यात, आयात र मौजाद तथा मूल्यको अवस्था लगायत विविध बिषयमा धनकुटाको जितपुर बजारका पसलहरुमा अनुगमन गर्दै माश्क, सेनिटाईजर, पञ्जा लगायतका सुरक्षित समाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघले वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कार्यकारी सदस्यहरु नवीन श्रेष्ठ, महेन्द्र थापा, नेपाल निर्माण व्यावासायी संघ धनकुटका जिल्ला उपाध्यक्ष प्रकाश राई
विराटनगर । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा आयोजित छलफलमा उनीहरूले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इण्डष्ट्रियल लिङ्केज हुने नीतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरका रूपमा परिणत गर्न सकिने उनीहरूको धारणा छ । अर्थशास्त्री डा. भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना, न
काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ । सङ्घले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन
इटहरी । इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न, तरकारी र फलफुलका पसल खुल्ला गरिने भएको छ । म्ंगलबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समितिसँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न, तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो । वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीनघण्टा खुल्ला गर्ने निर्णय गरिएको हो । सवारी साधन प्रयोग नगरि एक परिवारवाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।तोकिएको समयमा खरिद व
विराटनगर । प्रदेश एक सभाले १० करोड रुपिँया बजेट प्रदेश सरकारलाई फिर्ता पठाएको छ । कोरोना भाइरस संक्रमणका कारण खर्च हुन सक्ने कार्यक्रम कटौती गरेर बिवरण बुझाउन भएको परिपत्र अनुसार प्रदेश सभाले आइतबार ९ करोड ९९ लाख १७ हजार रुपिँया प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फिर्ता पठाएको हो ।प्रदेश सभाका प्रवक्ता राजाराम दहालले अनुसार लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमले गर्दा प्रदेश सभाले खर्च गर्न नसक्ने बिभिन्न कार्यक्रमहरु कटौती गरेर १० करोड बरावरको बजेट रकम प्रदेश सरकारलाई समर्पण गराएको जानकारी गराए ।चालु बर्ष एक नम्बर प्रदेश सभालाई ३४ करोड ३७ लाख ९९ हजार रुपैया बजेट बिनियोजन भएको
धनकुटा । धनकुटाको धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले घर भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनकाकारण व्यापार व्यावसाय बन्द भइ व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनी महानुभावहरुलाई घर मिनाहा गरीदिन र व्यापारी, व्यावसायी र उद्योगीहरुलाई बैकको ऋणको व्याज छुट गरी दिन हुन बैक लगायत सवै वित्तिय संस्थाहरुलाई लक डाउन शुरु भएपछि नै आग्रह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठले उहाँको घरमा रहेको विराट पुस्तक पसलको भा