इटहरी उपमहानगरद्वारा बजेटबारे सरोकारवालासंग छलफल

  • असार ५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको छ ।
बजेट तथा योजना तर्जुमा समितिले बिभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार, नागरिक समाज, आदिवासी जनजाती, पिछडावर्ग, दलित समूदाय, महिला संजालसँग छलफल गरि सुझाव संकलन गरिएको छ ।
यसैगरी एकल महिला, अपांगता भएकाहरु, कलाकार, साहित्यार, पत्रकार, युवा उद्यमीहरुको सुझाव लिइएको छ । आगामी आर्थिक बर्षको वजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आय आर्जनसँग जोड्ने खालका कार्यक्रमहरुलाई उपमहानगरले प्राथमिकता दिने भएको छ ।
त्यस्ता के के कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण सुझावहरु प्राप्त भएको गौतमले बताउनु भयो ।
यसै सन्दर्भमा विहीबार इटहरीमा क्रियाशिल पत्रकारहरुसँग छलफल गरिएको थियो ।
छलफलपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखा सभापति अमर खड्काले पत्रकारहितका लागि लिखित सुझाव पेश गर्नु भएको छ । सहभागी पत्रकारहरुले विगतका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सुझावसमेत दिएका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]