इटहरी । कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताइन् । पूर्व कृषि राज्यमन्त्रीसमेत रहेकी संसद रामकुमारी चौधरीले प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७÷०७८ को बजेट छलफलमा बोल्दै आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै कन्जुस्याईं गरिएको उनको भनाइ छ । ‘११ अर्ब छुट्याएको रासायनिक मलमा नेपाल पूर्ण रूपमा परनिर्भर भए पनि प्राङ्गारिक मलमा पर्याप्त सम्भावना छ तर, त्यसमा कार्यक्रम र बजेटको व्यवस्था नहु
भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताउनुभयो । राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।” सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनु
इटहरी । इटहरी उपमहानगरले इटहरी बडा नम्बर १ का पनि २५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । इटहरीका उपमेयर लक्ष्मी गौतमले बडा नम्बर १ का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभएको हो । इटहरीलाई दुधमा आत्मनिर्भर वनाउन गाईपालन जोनका कृषकलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले जनाउनुभयो । केही दिन अघिमात्र इटहरी २० का २५ जना कृषकलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गर्नुभएको थियो । अब वडा नम्वर २ का २५ जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १, २ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमह
इटहरी । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो । पर्याप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताउनुभयो । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ । उहाँका अनुसार अब वडा नम्बर १ र २ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने का
काठमाडौं । संसदमा अर्थ मन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकतामा सुझाव दिने सिलसिलामा सांसद रामकुमारी चौधरीले सांसद बिकास कोषमा छुट्याउदै आएको रकम कोरोना कोषमा लगाउनु पर्ने सुझाव दिनु भएको छ । कोभिड–१९ ले विश्व भरी नै मानव जातीलाई बिनास गर्नेगरि महामारी फैलिरहेको सन्दर्भमा नेपाल सरकारको तयारीमा भने अपुग रहेको उहाँको भनाई छ । अहिले नेपाल सरकारले कोरोना परिक्षण एक दिनमा १८०० जनाको दरले मात्रै गरिरहेको र अहिलेकै गतिमा मात्रै परिक्षण गरे ३ करोड नेपालीलाई परिक्षण गर्न बर्षौ लाग्ने सांसद चौधरीले बताउनु भयो । परिक्षणलाई तिव्र गतिमा अघि बढाउनु पर्ने आ
काठमाडौँ । दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।आज बुधबार हेलिकोप्टरबाट बन्दोबस्तीको सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो । सो क्षेत्रमा छिमेकी देश भारतले नेपालकोे सीमा मिचेर सडक बनाएको भनी जनस्तरबाट व्यापक आक्रोश व्यक्त गरिदै छ । जनस्तरबाट आफ्नो देशको सीमाको सुरक्षा गर्नु पर्ने माग उठिरहेको बेला नेपाल सरकारको तर्फबाट पनि यसबारेमा पहलकदमी अघि बढाइएको छ । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गराइएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा गएको छ । त्यहाँ २५ जना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हुने छ । “केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड–१९ परीक्षण गरिएको थियो ”, उहाँले भन्नुभयो, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक ब
काठमाण्डौ । सरकारले अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाउनु पर्ने भन्दै सांसदहरुले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सवै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक विकासका योजना अघि बढाउनु पर्ने कुरा धारण राखेका छन् । अर्थमन्त्रि डा. यूवराज खतिवडाले पेश गरेको बिधेयक आफैमा महत्वपुर्ण रहेको बताउँदै सांसदहरुले यसलाई बढि प्रभावकारी बनाएर बजेट ल्याउनु पर्ने छलफलमा सहभागी सांसदहरुले सुझाएका छन् । सांसदहरु
काठमाडौँ । सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको प्रष्ट पारेको छ । साथै सरकारले राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने पनि बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताउनुभयो । सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा बर्खे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७७÷७८ को आय तथा व्ययको विवरण (बजेट) आगामी जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्को अधिवेशन शुरु भएको हो । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण प