अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाईनु पर्ने

  • वैशाख ३०, २०७७ / "नेपाल रेखा"
alt

काठमाण्डौ । सरकारले अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाउनु पर्ने भन्दै सांसदहरुले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सवै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक विकासका योजना अघि बढाउनु पर्ने कुरा धारण राखेका छन् ।

अर्थमन्त्रि डा. यूवराज खतिवडाले पेश गरेको बिधेयक आफैमा महत्वपुर्ण रहेको बताउँदै सांसदहरुले यसलाई बढि प्रभावकारी बनाएर बजेट ल्याउनु पर्ने छलफलमा सहभागी सांसदहरुले सुझाएका छन् । सांसदहरुले मुलुको आर्थिक सम्मृद्धिलाई रोक्न नहुने भन्दै यसलाई अझ परिस्कृत र परिमार्जन सहित आर्थिक सुधारमा केन्दित हुँदै वर्तमान अवस्थाको मूल्यांकन गरेर आगामी रणनिति बनाउन सरकारलाइ सुझाव दिएका छन् ।

“लोकप्रियताका नाममा भकारी भत्काउने गरी लैजानु हुँदैन, अर्थतन्त्रलाई चलायमान, गतिशिल र उत्पादनमूलक क्षेत्रमा लैजानुपर्छ”, भन्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा कोरोनाको प्रभावका बीच चाँदीको घेरा देख्न छाड्न नहुने बताउँदै मुलुकले तिब्र आर्थिक विकासको लक्ष्य छाड्न नहुनेमा जोड दिनुभयो ।

बर्तमान अवस्थामा निजी क्षेत्रलाई संगै लिएर हिड्नु पर्ने र निजी क्षेत्रले पनि इमान्दारीता देखाउनु पर्ने धारणा राख्दै वर्तमान आर्थिक संकटका बेला लोकपृय कार्यक्रम भन्दा सामाजिक सुरक्षाका निम्ति मुलुकले थेग्न सक्ने खालको आर्थिक कार्यक्रमहरु ल्याईनुपर्ने सांसद बाँसकोटाको भनाई थियो ।

त्यसैगरी अनुत्पादक क्षेत्रमा लगानी नगरिने भन्ने कुरा बिधेयकमा आएको भन्दै सांसद रामकुमारी झाँक्रीले त्यसको सराहना गर्दै उद्यमशीलता बचाईराख्न, स्वदेश फर्किने नेपालीहरुलाइ रोजगारी दिन, भाोकमरी आउन नदिन के गर्ने ? के कस्ता निती ल्याउने भन्ने कुरामा झाँकीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साथै कृषि क्षेत्रको बिकाशमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

त्यस्तै सांसद पूर्णकुमारी सुवेदीले कोरोना परिक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन प्याकेज ल्याउन आग्रह गर्दै उहाँले श्रमिक किसानलाई सहुलियतको रकम र अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

सांसद उमा रेग्मीले कोरोना प्रभावको रोकथाम र प्रभाबित अर्थतन्त्रलाई उकास्नमा जोडदिनु पर्ने बताउनु भएको छ । कृषि पशुपालन, उद्योग पर्यटन बिकाश संगै रोजगारीलाइ बिषेश प्राथमिकताकामा राखिनुपर्ने र उत्पादित कृषि उपजको बजारीकरणमा समेत ध्यान दिनुपर्ने वताउनुभएको छ ।

 

 

 

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]