बजेटमा कृषिलाई उपेक्षा गरिनु दुखदः संसद रामकुमारी चौधरी

  • जेठ १९, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताइन् ।
पूर्व कृषि राज्यमन्त्रीसमेत रहेकी संसद रामकुमारी चौधरीले प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७÷०७८ को बजेट छलफलमा बोल्दै आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै कन्जुस्याईं गरिएको उनको भनाइ छ ।
‘११ अर्ब छुट्याएको रासायनिक मलमा नेपाल पूर्ण रूपमा परनिर्भर भए पनि प्राङ्गारिक मलमा पर्याप्त सम्भावना छ तर, त्यसमा कार्यक्रम र बजेटको व्यवस्था नहुनु दुःखद हो ।’ –उनले भनिन् । यसले बढदै गएको अर्गानिक खेती निरूत्साहित हुने सांसद चौधरीले बताइन् । उनले भनिन्–‘एकातिर किसानलाई गुणस्तरीय र उन्नत जातको बिउ उपलब्ध गराउने भनिएको छ तर अर्कोतिर बिउ बिजनमा १०५ बाट बढाएर १५५ भन्सार शूल्क लिने कुरा आफैंमा बिरोधाभास हो ।’
परम्परागत खेती प्रणाली बाट कृषि क्षेत्र अगाडि बढ्न नसक्ने र यसलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्ने उनको माग छ ।
शिक्षा क्षेत्रको बजेट बारे पनि उनले कुरा उठाइन् । उनले भनिन्–‘माध्यमिक तहसम्मको सामाजिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी बिद्यालयलाई दिनु संविधानले अँगालेको समाजवाद उन्मुख व्यवस्थालाई अस्वीकार गर्नु हो ।’ साथै यो नेपालको संविधान बिरूद्ध पनि भएकोले उक्त वाक्यांश हटाउनु पर्नेमा उनको जोड छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]