इटहरी । इटहरी उपमहानगरले इटहरी बडा नम्बर १ का पनि २५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।
इटहरीका उपमेयर लक्ष्मी गौतमले बडा नम्बर १ का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभएको हो । इटहरीलाई दुधमा आत्मनिर्भर वनाउन गाईपालन जोनका कृषकलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले जनाउनुभयो ।
केही दिन अघिमात्र इटहरी २० का २५ जना कृषकलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गर्नुभएको थियो । अब वडा नम्वर २ का २५ जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १, २ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोत वाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।