सांसद बिकास कोषलाई कोरोना कोषमा परिणत गर्न सांसद रामकुमारी चौधरीको सुझाव

  • जेठ १, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । संसदमा अर्थ मन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकतामा सुझाव दिने सिलसिलामा सांसद रामकुमारी चौधरीले सांसद बिकास कोषमा छुट्याउदै आएको रकम कोरोना कोषमा लगाउनु पर्ने सुझाव दिनु भएको छ ।
कोभिड–१९ ले विश्व भरी नै मानव जातीलाई बिनास गर्नेगरि महामारी फैलिरहेको सन्दर्भमा नेपाल सरकारको तयारीमा भने अपुग रहेको उहाँको भनाई छ । अहिले नेपाल सरकारले कोरोना परिक्षण एक दिनमा १८०० जनाको दरले मात्रै गरिरहेको र अहिलेकै गतिमा मात्रै परिक्षण गरे ३ करोड नेपालीलाई परिक्षण गर्न बर्षौ लाग्ने सांसद चौधरीले बताउनु भयो ।
परिक्षणलाई तिव्र गतिमा अघि बढाउनु पर्ने आवश्यकता रहेको उहाँको भनाई छ । अहिलेको कोरोना संकटमा सहयोग नगर्ने निजी अस्पतालहरुलाई सरकारीकरण गर्नु पर्ने उहाँको अर्को सुझाव छ । आउदो आर्थिक बर्षमा बिलासीताका वस्तुहरु किन्नमा सबै नेपालीहरुलाई रोक लगाउनु पर्ने उहाँको थप सुझाव छ ।
भएको पुँजीलाई कृषि, उद्योग कलकारखानामा लागानी केन्द्रित गर्नु पर्ने सुझाव दिनु हुदै उहाँले परम्परागत बजेट बिनीयोजन प्रणालीको अन्त्य गरी समाजबाद उन्मुख प्रणालीको विकास गर्नु पर्ने बताउनु भयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]